| |

राष्ट्रियसभाका १९ सांसदद्वारा शपथग्रहण

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, फागुन २१ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले शपथग्रहण गर्नुभएको छ । शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालय सिंहदरबारमा नवनिर्वाचित सांसदहरुलाई शपथग्रहण गराउनुभएको हो । साथै, अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसद्हरुलाई संघीय संसदको लोगो पनि प्रदान गर्नुभएको छ ।
राष्ट्रियसभाका १९ सदस्यका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित हुनुभएको थियो ।
त्यस्तै, भने नेकपा (माओवादी केन्द्र) बाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित हुनुभएको थियो । एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) निर्वाचित हुनुभएको छ ।
यसैगरी, नेकपा (एमाले) बाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यता राष्ट्रियसभाका २० जना सांसदको पदावधि समाप्त भएर शुक्रबार विदाई हुनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts