| |

एमसीसी पास गर्न नेता संसदमा, कार्यकर्ता भने सडकमा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १५ ।
आइतबार प्रतिनिभिसभा संसदमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास हुँदै गर्दा ताप्लेजुङसहित देशका विभिन्न क्षेत्रमा कार्यकर्ता भने विरोधमा उत्रिएका छन् । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एमसीसीविरुद्ध सत्ता साझेदारसहितका राजनीतिक दलले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायतले संयुक्त प्रदर्शन गरेका हुन् । राष्ट्रघाती एमसीसी खारेज गरौं, राष्ट्रिय स्वधिनताको रक्षा गरौंजस्ता नारासहित फुङ्लिङ बजार परिक्रमापछि वीरेन्द्रचौकमा कोणसभा गरिएको थियो ।
कोणसभालाई माओवादी केन्द्रका जिल्ला संयोजक विजय किराँत, एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य नेत्र नेपाली, वैज्ञानिक समाजवादीका जिल्ला संयोजक राकेश दाहाल, नेकपाका जिल्ला सचिव असल पन्दाक, जनमुक्तिका जिल्ला सचिव यामबहादुर लिम्बू लगायतले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै जिल्लास्तरीय नेताहरुले एमसीसी नेपाल र नेपालीको हित विपरीत रहेकाले खारेज गर्नुपर्ने जोड दिएका थिए ।
उनीहरुले शीर्ष नेता तथा सांसद र मन्त्रीलाई राष्ट्रघाती एमसीसी पारित गर्ने कुनै अधिकार नरहेको बताउँदै पार्टीका नेतृत्वप्रति आक्रोस पनि पोखेका थिए । उता आइतबार काठमाडौंस्थित संसद भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा पनि दिनभर प्रदर्शन भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts