| |

सेना दिवसको अवसरमा एनसिसीका बिद्यार्थीको दुई माइल दौड

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन १४ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा ताप्लेजुङमा राष्ट्रिय सेवा दलका तालिमरत बिद्यार्थीबीच २ माइल दौड प्रतियोगिता गराइएको छ ।

भीमकाली गुल्मले राष्ट्रिय सेवा दल(एनससिसी)मा फुङ्लिङस्थित लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ३६ जना छात्र÷छात्राबीच ३ हजार २ सय मिटर दुरीको दौड प्रतियोगिता गराइएको भीमकाली गुल्मका गुल्मपति सेनानी अदित श्रेष्ठले जानकारी दिनुभयो । दौडमा छात्रतर्फ आर्यन लिम्बू प्रथम,आयुष केदेम लिम्बू द्धितिय,आरभ लिम्बू तृतिय हुनुभयो । छात्रातर्फ मुना राई प्रथम,खाङडोमा शेर्पा द्धितिय र समिक्षा गुरुङ तृतिय हुनुभयो ।

दौडमा प्रथम,द्धितिय र तृतिय हुनेलाइ पुरस्कार,मेडल र प्रमाणपत्र तथा सहभागी हुनेलाइ प्रमाण बितरण गरिएको भीमकाली गुल्मले जनाएको छ । फुङलिङ नगरप्रमुख छत्रपति प्याकुरेल,जिल्ला न्यायाधीस प्रकाश राउत,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो । यसअघि दौडको शुभारम्भ भने नगरप्रमुख प्याकुरेलले गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts