| |

ताप्लेजुङ उद्योग बाणिज्य संघको अध्यक्षमा थापा चयन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १४ ।
ताप्लेजुङ उद्योग बाणिज्य संघको अध्यक्षमा नारायण थापा निर्विरोध चयन हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी ज्ञानप्रसाद मिश्रले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि थापा निर्विरोध चयन हुनुभएको हो ।
गएको बिहीबार सुरु भएको उद्योग बाणिज्य संघको अधिवेशनमा थापा र मिश्रले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो । उम्मेदवारी दर्ता गरे पनि अन्तिममा मिश्रले दावी फिर्ता लिएपछि थापाको नेतृत्वमा बाणिज्य संघको जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो । अध्यक्षबाहेकका पदमा भने सबैको एकल उम्मेदवारी परेको थियो ।
जसअनुसार संघको प्रथम उपाध्यक्ष पदमा गणेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सोजित श्रेष्ठ र तृतीय उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल चयन हुनुभएको छ । यस्तै महासचिवमा कमल लिम्बू, सचिवमा खेमराज केसी र कोषाध्यक्षमा विकास गौतम चयन हुनुभएको छ । सदस्यहरुमा दावा शेर्पा, दिनेश खवास, रुपक घिमिरे, तेजबहादुर भट्टराई, दुर्गाबहादुर पालुङ्वा हुनुहुन्छ ।
त्यस्तै हिमाञ्चल तिम्सिना, भद्रबीर रेग्मी, विशाल गुरुङ, पुण्यप्रसाद आचार्य, लोचन भण्डारी, विकास हाङ्गाम, युवराज महतारा, मीना बराल र गायत्री भण्डारी सदस्यमा चयन हुनुभएको निर्वाचन समितिका संयोजक बलराम भट्टराईले जानकारी दिनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts