एमसिसी बिरुद्ध फुङ्लिङमा बिहीबार पनि प्रर्दशन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन १२ । अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बिरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा प्रदर्शन गरिएको छ ।

सदरमुकाम फुङलिङमा एमसीसी विरोधमा प्रदर्शन गरिएको हो । नेकपा माओवादी केन्द्र निकट वाईसीएल नेपाल र अखिल क्रान्तिकारी ताप्लेजुङको सयुक्त आयोजनामा एमसिसी बिरोधमा उत्रिएकाहरुले बजार परिक्रमा गरेका थिए । एमसिसी बिरुद्ध नेकपा एस र उसका भातृ संगठन, नेत्रबिक्रम चन्द‘बिप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी,बैज्ञानिक समाजवादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी सहित आन्दोलनमा छन् । राष्ट्रिय जनमुक्ति पार्टीको लिम्बूवान प्रदेश समितिले बिहीबार १ दिनका लागि प्रदेश १ क्षेत्रमा बन्द समेत आवहन गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts