| |

गरीव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

अरुलाई पनि शेयर गरौ !

अम्विका हाङ्बाङ
ताप्लेजुङ, फागुन १० ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकास्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार पाँचजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।
विद्यार्थीको पढाइमा सहयोग पु¥याउने उद्देश्यसहित मनबहादुर नरमति साम्सोहाङ स्मृति कोषले सो छात्रवृत्ति वितरण गरेको हो । डुम्रिसेमा जन्म भई हाल सुनसरीको धरानमा बस्दै आउनभएकी समाजसेवी होमकुमारी साम्सोहाङले आफ्ना स्वर्गीय मातापिताको नाउमा कोष स्थापना गर्नुभएको हो । छात्रवृत्ति कोषका प्रतिनिधि काजीमान साम्सोहाङले वितरण गर्नुभएको थियो ।
यता गरिव तथा जेहेन्दार छात्रछात्रालाई प्रदान गरिएको छात्रवृत्तिले उनीहरुको पढाइमा थप सहयोग पुग्ने र समग्र विद्यार्थीको पढाइप्रति जागरुकता सिर्जना गर्नमा सहयोग पुग्ने पनि विद्यालयका प्रधानाध्यापक टीकाराम खोयाहाङले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts