प्रजातन्त्र दिवसमा ताप्लेजुङ कारागारबाट छुटे ६ कैदी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन ७ । प्रजातन्त्र दिवस २०७८ को अवसरमा ताप्लेजुङ कारागारबाट ५० प्रतिशत कैद सजाय भुक्तान गरी सजायको क्रममा असल आचरण देखाएका ६ जना कैदी बाँकी सजाय मिनाह पाइ मुक्त भएका छन् ।

फागुन ६ गते सम्ममा ५० प्रतिशत कैद सजाय भुक्तान गरेका कैदीहरुको बाँकी कैद छोट्याएर माफी मिनाह दिइ निजहरुको बाँकी कैद सजायको लगत कट्टा गरी रिहा गरिएको ताप्लेजुङ कारागार शाखाका प्रमुख कुलेन्द्र खवासले जानकारी दिनुभयो । उहाँका अनुसार मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राका प्रकाश भनिने फुर्वा फिनासा शेर्पाले २ बर्ष १ महिना १९ दिन कैद मिनाह पाउनुभयो । ५ बर्ष कैद सजाय तोकिएको उहाँलाइ सवारी ज्यान मुद्दा थियो । यस्तै ६ बर्ष कैद सजाय तोकिएका मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राका डाका मुद्दाका कृष्ण भनिने मिङ्मा शेर्पाले २ बर्ष ९ महिना ४ दिनको सजाय मिनाह पाउनु भएको छ । ज्यान मार्ने उद्योगमा ४ बर्ष कैद सजाय तोकिएका आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीका डिके भनिने धनकुमार मास्की मगरले १ बर्ष ७ महिना ३ दिन कैद सजाय मिनाह पाउनुभयो ।

कारागार कार्यालय ताप्लेजुङका प्रमुख खवासका अनुसार ज्यान मार्ने उद्योग÷अंगभंगमा ५ बर्ष कैद सजाय तोकिएका मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बाका दीपेश लिम्बूले २ बर्ष २ महिना ९ दिन र बहुबिबाहमा २ बर्ष ६ महिना कैद सजाय तोकिएका आठराई त्रिेबणी गाउँपालिका वडा नं १ निघुरादिनका रजिन गुरुङले १० महिना कैद सजाय मिनाह पाउनु भएको छ । कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोकिएका फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबुका युनिस भनिने दुर्गा लिम्बूले २ बर्ष ११ महिना १५ दिन कैद सजाय मिनाह पाउनु भएको कारागार शाखाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts