२०७४ सालको स्थानीय तह निर्वाचन ः ताप्लेजुङका पालिकाहरुमा यस्तो थियो नतिजा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ५ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा कम मतान्तरले हारजित क्रमशःआठराइ त्रिबेणी र मिक्वाखोला गाउँपालिकामा भएको थियो । आठराइ त्रिबेणी गाउँपालिकामा नेपाली काँग्रेसका विश्वनाथ सिटौला २ हजार २ सय २७ मत सहित अध्यक्षमा बिजयी हुँदा नेकपा एमालेका लक्ष्मीबहादुर यक्सोले सिटौला भन्दा १३ मत कम अर्थात् २ हजार २ सय १४ मत ल्याउनु भएको थियो । नेकपा माओवादी केन्द्रका बालचन्द्र आङ्बुहाङको ५ सय ६० मत थियो । उपाध्यक्षमा एमालेकी मञ्जु पौडेल भट्टराई २ हजार १ सय ८१ मत सहित बिजयी हुँदा नेपाली काँग्रेसका ममता सुब्बा आङ्बुहाङले २ हजार ३४ तथा माओवादी केन्द्रका मनकुमारी मादेन लिम्बूले ५ सय ९० मत ल्याउनु भएको थियो ।

मिक्वाखोला गाउँपालिकामा एमालेका रामकुमार साँवा १ हजार ४ सय ८४ मत सहित बिजयी हुनु भएको थियो । उहाँभन्दा २५ मत कम अर्थात् १ हजार ४ सय ५९ मत ल्याउनु भएका काँग्रेसका भक्तबहादुर कार्की निकटतम् प्रतिद्धन्दी बन्नुभयो । माओवादी केन्द्रका उदित प्रेरी मदेनसङ्ले २ सय ३१ मत ल्याउनु भएको थियो । सो गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजु साँवाले ७८ र स्वतन्त्र उम्मेदवार होमप्रकाश लिम्बूले १७ मत ल्याउनु भएको थियो । उपाध्यक्षमा नेपाली काँग्रेसका रुद्रकुमारी पराङ्देन साँवा १ हजार ४ सय ८९ मत सहित बिजयी हुनु भएको थियो । निकटतम् प्रतिद्धन्दी एमालेकी मिनाकुमारी केदेमले १ हजार ३ सय ८२ र माओवादी केन्द्रका चन्द्रकला गुरुङले २ सय ८० मत प्राप्त गर्नु भएको थियो ।

काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको मेरिङ्देन गाउँपालिका अध्यक्षमा काँग्रेसका गणेशबहादुर लिम्बू २ हजार ३ सय मत सहित बिजयी हुनु भएको थियो । उहाँका निकटतम् प्रतिद्धन्दी एमालेका मंगलसिंह केदेमले २ हजार १ सय ८५ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रुपा चोङ्वाङले ७१ मत ल्याउनु भएको थियो । यस्तै उपाध्यक्षमा एमालेकी कल्पना तुम्बाहाम्फे २ हजार ३ सय ३४ मत सहित बिजयी हुनु भएको थियो । उहाँका निकटतम् प्रतिद्धन्दी माओवादी केन्द्रका भीमकुमार केदेमले १ हजार ८१ र अर्का प्रतिश्प्रर्धी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका करन लिम्बूले ८७ मत ल्याउनु भएको थियो ।
यहाँका पालिकाहरुमा सबैभन्दा धेरै मतान्तरले हारजित भएको मैवाखोला गाउँपालिकामा एमालेका राजनकुमार थत्लुङ १ हजार ८ सय १८ मत सहित बिजयी हुनु भएको थियो । उहाँका निटकतम् प्रतिद्धन्दी काँग्रेसका डम्बर चोङ्वाङले १ हजार २ सय १२,माओवादी केन्द्रका नवीन लिम्बूले ८ सय ६९,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णुकुमार लिम्बूले ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बेनुप्रसाद नेवारले ३७ मत प्राप्त गर्नु भएको थियो । सो पालिकाको उपाध्यक्षमा एमालेकी कौशिला थत्लुङ १ हजार ९ सय ५१ मत सत सहित बिजयी हुँदा उहाँका निकटतम् प्रतिद्धन्दी काँग्रेसका सुजता लिम्बूले १ हजार ८४,माओवादी केन्द्रका सुस्मिता लिम्बूले ८ सय ५८ र राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुरसिंह लिम्बूले ४२ मत ल्याउनु भएको थियो ।

नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको फुङ्लिङ नगरपालिकामा एमालेका छत्रपति प्याकुरेल ३ हजार ८ सय ९५ मत सहित नगरप्रमुख पदमा बिजयी हुनु भएकोे थियो । उहाँका निकटतम् प्रतिद्धन्दी काँग्रेसका केशवप्रसाद दाहालले ३ हजार ६ सय ६ मत ल्याउनु भएको थियो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कीर्तिमान मादेनले ७ सय ८८ र स्वतन्त्र उम्मेदवारद्धय छबिन्द्र गुरुङ र खगेन्द्र पोर्तेल बिश्वकर्माले क्रमशः १७ र १० मत ल्याउनु भएको थियो । उपप्रमुखमा माओवादी केन्द्रका बमबहादुर भट्टराई ३ हजार १ सय २९ मत सहित बिजयी हुँदा एमालेकी बिमला सुब्बा २ हजार ९ सय १५ मत सहित निकटतम् प्रतिद्धन्दी बन्नुभयो । उपप्रमुखमा राप्रपाका अमिर मादेनले १ हजार ३ सय ७५ र नयाँ शक्ति पार्टीका कृष्णबहादुर शंकरले ३ सय ५१ मत ल्याउनु भएको थियो ।

काँग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको फक्ताङ्लुङ गाउँपालिकामा एमालेका सरोज लिम्बू १ हजार ९ सय ९८ मतका साथ अध्यक्षमा बिजयी हुनु भएको थियो । उहाँका निकटतम् प्रतिद्धन्दी काँग्रेसका मणिप्रसाद लावुङले १ हजार ६ सय ६५ मत ल्याउनुभयो । यस्तै माओवादी केन्द्रका लक्ष्मीप्रसाद अन्छङ्वोले ८ सय २८ मत,नयाँ शक्ति पार्टीका श्रीप्रसाद लिम्बूले ८८ मत र राष्ट्रिय जनमुक्त पार्टीका मोतिप्रसाद लिम्बूले ३१ मत ल्याउनु भएको थियो । उपाध्यक्षमा एमालेकी फुलमाया लिम्बू १ हजार ८ सय ८८ मतका साथ बिजयी हुँदा माओवादी केन्द्रका तारादेवी लिम्बूले ८ सय ३३ मत,राप्रपाका नवीन लिम्बूले ६ सय ३३ मत,नयाँ शक्ति पार्टीका सावित्रा बिष्टले ५८ मत र जनमुक्ति पार्टीका सीताकुमारी लिम्बूले २८ मत ल्याउनु भएको थियो ।

काँग्रेस र माओवादी तथा एमाले र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(संघीय लिम्बूवान राज्य परिषद्)बीच चुनावी तालमेल भएको सिदिङ्वा गाउँपालिकामा काँग्रेसका नरबहादुर कडरिया २ हजार ५ सय २७ मतका साथ अध्यक्षमा बिजयी हुनु भएको थियो । निकटतम् प्रतिद्धन्दी एमालेका मानबहादुर राईले २ हजार २ सय ९३ मत ल्याउनुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका जीवनकुमार ताम्लिङ २ हजार ३४ मतका साथ बिजयी हुनुभयो । उहाँका निकटतम् प्रतिद्धन्दी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउबहादुर लिम्बू खुदाङले १ हजार ९ सय ९२ र नयाँ शक्ति पार्टीका कमल निरौला(दिनेश)ले ४४ मत ल्याउनु भएको थियो ।

सिरिजंङ्गा गाउँपालिकामा काँग्रेसका टीकाराम गुरुङ २ हजार ३ सय ७८ मतका साथ अध्यक्षमा बिजयी हुनुभयो । एमालेका अनन्तबहादुर साँवाले २ हजार १ सय ४७ मत ल्याउँदै निकटतम् प्रतिद्धन्दी बन्नुभयो । माआवादी केन्द्रका तेजशमशेर भट्टराई(काजी)ले १ हजार ८ सय ७८ मत ल्याउनु भएको थियो । उपाध्यक्षमा काँग्रेसका ज्ञानमाया चौहान २ हजार १ सय ३६ मतका साथ बिजयी हुनुभयो । उहाँका निकटतम् प्रतिद्धन्दी एमालेका लीलामाया दाहालले १ हजार ८ सय ३० मत ल्याउनुभयो । माओवादी केन्द्र र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बीच चुनावी तालमेल भएको त्यहाँ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भूपेन्द्र मावोले १ हजार ५ सय ४९ मत,राप्रपाका अमरबहादुर कुँवरले २ सय ६९ मत र स्वतन्त्र उम्मेदवार पूर्णकुमार थेबे लिम्बूले ४ मत ल्याउनु भएको थियो ।

पाथीभरा याङ्वरक गाउँपालिकामा एमालेका केशरकुमार सुब्बा २ हजार ५ सय १७ मतका साथ अध्यक्षमा बिजयी हुनु भएको थियो । काँग्रेसका रामबहादुर लिम्बू २ हजार १ सय ८१ मतका साथ निकटतम् प्रतिद्धन्दी बन्नुभयो । अध्यक्ष सुब्बाका अनुसार त्यहाँ काँग्रेस र माओवादी बीच चुनावी तालमेल भएको थियो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी मेलिना मादेनले २ सय २७ मत ल्याउनु भएको थियो । उपाध्यक्षमा एमालेका रनमाया गुरुङ २ हजार ४ सय ७४ मतका साथ बिजयी हुनु भएको थियो । उहाँका निकटतम् प्रतिद्धन्दी माओवादी केन्द्रका नेत्र न्यौपाने(नरेश)ले १ हजार ५ सय ४७ मत र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खड्गबहादुर साम्सोहाङ लिम्बूले २ सय ६० मत ल्याउनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts