ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अध्यक्ष कप व्याडमिन्टन प्रतियागिता हुँदै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ब्याडमिन्टन संघले फागुन १३ र १४ गते अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

खुल्ला डबल र कर्मचारी व्याडमिन्टन प्रतियोगिता हुन लागेको मिक्वाखोला ब्याडमिन्टन संघका गजेन्द्र थलङले जानकारी दिनुभयो । उहाँका अनुसार मिक्वाखोला गाउँपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा खुल्लातर्फ ‘ए’ र ‘बी’गरी २ तथा कर्मचारी बिधा समेत गरी ३ बिधामा प्रतियोगिता हुन लागेको हो । खुल्ला ‘ए’ तर्फको बिजेताले नगद ४० हजार ५ सय ५५ र उपबिजेताले ३० हजार ५ सय ५५ रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै खुल्ला ‘बी’तर्फका बिजेताले नगद ३५ हजार ५ सय ५५ र उपबिजेताले २५ हजार ५ सय ५५ रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने थलङले बताए । यस्तै कर्मचारीतर्फको बिजेताले नगद ३५ हजार ५ सय ५५ र उपबिजेताले २५ हजार ५ सय ५५ रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । ६ टीमलाइ सान्त्वना पुरस्कार स्वरुप जनही नगद ५ हजार रुपैंयाका साथ मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्येक टीमलाइ प्रवेश शुल्क बापत २ हजार रुपैंया लिइने समेत आयोजकले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts