प्रधानन्यायाधीश राणाविरुद्ध संसद्मा महाभियोग दर्ता, ९८ सांसदको हस्ताक्षर

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,फागुन १ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गर्नु भएको हो ।

बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुग्नु भएका् थियो । आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पगेको सचिवालयका वरिष्ठ अधिकारीले जानकारी दिए । महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुग्नु भएको हो । ’प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव कार्यव्यवस्थामा दर्ता भएको छ,’ सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts