ताप्लेजुङमा ‘समुदायमा सरकारी वकिल’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २६ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ३ का वडाध्यक्ष भीमबहादुुर बस्नेतले जिल्ला न्यायाधीस प्रकाश राउत सहितका कानुनबिद्हरुसंग २ वटा जिज्ञासा राख्नुभयो ।

पहिलो–सम्वन्ध बिच्छेद पछि पनि श्रीमान् श्रीमति संगै बसे भने सम्वन्ध बिच्छेदको कागज फर्जी हुन्छ की सहि । दोस्रो–सन्तानको जन्मदर्ता अघि बाबुआमाको बिबाहदर्ता अनिवार्य छ, उमेर नपुगी बिबाह गरेका दम्पतिबाट जन्मेको बच्चाको जन्मदर्ता कसरी गर्ने ? । वडा नं २ थेचम्बुका वडाध्यक्ष ज्ञानप्रसाद दाहालको जिज्ञासा थियो –बाबुको पहिचान नभएको अवस्थामा बच्चाको जन्मदर्ता कसरी गर्ने ? । थेचम्बुका डम्बरबहादुर विकले साध्नुभयोे‘छुवाछुत अन्त्य भएको भनिएपनि अहिले पनि उचो र निचो जात भनेर हेंला गरिन्छ ? यस्ता बिषयमा कानुनमा कस्ता कुरा उल्लेख छन् । सधैं न्यायालयमै बसेर न्यायको छिनाफानो र मुद्दा अभियोजन र बहस पैरवी गर्ने न्यायाधीस,सरकारी वकिल र कानुन व्यवसायी सहितका नागरिक समाजका अगुवाको उपस्थितिमा भएको छलफलका केहि बुंदा र पात्रले उठाएका केहि सवाल हुन् यि । समुदायस्तरमै पुगेर न्याय र कानुनका प्रावधानहरु बुझाउन र सवालहरु सुन्न उच्च सरकारी वकिल कार्यालय इलाम र जिल्ला सरकारी वकिल कार्यालय ताप्लेजुङले ‘समुदायमा सरकारी वकिल’कार्यक्रमको आयोजना गरेका थिए ।

उच्च सरकारी वकिल कार्यालय इलामका सहन्यायधिबक्ता केशवराज पन्तले न्याय र कानुनका सवालहरुमा मानिसहरुले अझै पनि अभिरुची राख्ने गरेको र त्यसको झल्को पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बुमा देखिएको बताउनुभयो । ‘गजवको सवाल–जवाफ चल्यो’पन्तले प्रसन्तता व्यक्त गर्दै भन्नुभयो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायधीबक्ता युवराज महतले स्थानीय स्तरमै न्याय र कानुनका प्रावधान र यससंग सम्वन्धित सवालहरु बुझेर सैद्धान्तिक समाधान दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो ।‘अधिकाँस न्याय र कानुनका र त्यसपछि प्रशासनिक तथा भूमी सम्वन्धी सवालहरु पनि उठे’महतले भन्नुभयो । जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायधिबक्ता पुष्पराज बाँस्तोलाका अनुसार ग्रामीण भेगमा अहिले पनि मानिसहरुले कानुन,कानुनी प्रावधान र न्यायका सिद्धान्त बुझ्न चाहिरहेका छन् । त्यहिँ उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको र स्थानीय समुदायले पनि कार्यक्रमको मर्म अनुसार सहभागिता जनाउने र सवालहरु उठाएको बाँस्तोलाले बताउनुभयो ।

पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा नियम,कानुन र त्यस भित्रका परिधिका बारेमा कार्यक्रममार्फत स्थानीय समुदायलाइ लाभ मिलेको बताउनहुन्छ । यस्ता अन्र्तक्रियात्मक कार्यक्रमले न्याय निरुपण र प्राप्तीका सवालमा आफुहरुले अपनाउने भूमिका के हो भनेर जानकारी दिने गरेको उहाँले बताउनुभयो । स्थानीय तहमा न्यायिक समिति समेत रहने भएकोले कानुनी प्रावधानका बारेमा जानकारी पाउँदा आफुहरुलाइ न्यायिक कार्य सम्पादनमा सहज हुने पाथीभरा याङ्वरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले बताउनुभयो । कार्यक्रममा प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्का,मालपोत अधिकृत लेखा पनेरु महत,जिल्ला अदालतका तहशिलदार खेमकुमारी बस्नेत,प्रहरी निरीक्षक कैलाशकुमार अधिकारी,अधिबक्ताद्धय देवराज मेन्याङ्वो र ठाकुरसिंह लिम्बू,स्थानीय जनप्रतिनिधिहरु,पालिकाभरीका मेलमिलाप सहजकर्ता,स्थानीय अगुवा र सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts