स्थानीय निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,माघ २४ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए वैशाख १४ र दुई चरणमा गर्ने भए वैशाखको १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले जेठ ४ मा प्रस्ताव ग¥यो । स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल २०७९ जेठ ४ मा सकिने छ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन । जेठ ४ मा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts