| |

बिजुलीको पोलबाट खसेर विद्युतका कर्मचारी लिम्बूको मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २४ ।
ताप्लेजुङमा विद्युतको पोलबाट झरेर सोमबार अपराह्न एक कर्मचारीको मृत्यु भएको छ । पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रुपमा कार्यरत फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बू रहेका छन् । लिम्बू सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचौक क्षेत्रमा बिजुली बनाउने क्रममा अचानक पोलबाट खसेर पक्की सडक बजारिनुभएको थियो ।
पक्की सडकमा बजारिएर गम्भीर घाइते हुनुभएका लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाका अनुसार उपचारका लागि तत्काल अस्पताल पु¥याइएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
यता घटनाकाबारे मुचुल्का उठाएर बाँकी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक लिम्बूको शव अहिले पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको पनि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts