|

केन्द्रीय अध्यक्ष पाठक सहित पक्राउ परेका सबैलाइ बिना शर्त रिहा गर्न सामुदायिक वन उपभोक्ता महासंघको अपिल

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ १८ । सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले आफ्ना केन्द्रीय अध्यक्ष भारती पाठक सहितका अगुवालाइ प्रहरीले बिना कारण पक्राउ गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।

उसले पक्राउ परेका केन्द्रीय अध्यक्ष पाठक सहित सबैको बिनासर्त रिहाइ नभए प्रतिकारमा उत्रने चेतावनी दिएको छ । नेपाल सरकारले ल्याएको प्रस्तावित वन नियमावली,प्रदेश सरकारले ल्याएको वन ऐन तथा सामुदायिक वन क्षेत्रका अधिकार कटौती हुने अन्य कानुनी प्रावधान खारेजीको माग अघि सार्दा प्रहरीले सामुदायिक वन क्षेत्रका अगुवा माथि बिना कारण हस्तक्षेप गरेको आरोप समेत सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले लगाएको छ । जिल्ला अध्यक्ष सुरज ओझाद्धारा हस्ताक्षरित मंगलवार प्रकाशित विज्ञप्ती अनुसार नेपाल सरकार र प्रदेश सरकारले ल्याएका पछिल्ला नियमावली,ऐन र निर्देशिका र कार्यविधिले समुदायलाइ वन पैदावार उपभोग गर्न प्रतिवन्ध लगाउने तथा सामुदायिक वन क्षेत्रका उपभोक्ताको अधिकार कटौति भइ मानव अधिकारको समेत ठाडो उल्लंघन हुने भएकोले आन्दोलनमा जानु परेको हो । यिनै समुदायको हक बिपरितका कार्य खारेज हुनुपर्ने माग सहित बबरमहलस्थित वन विभाग घेराउ गर्न पुगेका केन्द्रीय अध्यक्ष पाठक सहित पक्राउ परेका सबैलाइ यथाशीघ्र रिहाइ गर्न ओझाले विज्ञप्तीमार्फत माग गर्नु भएको छ ।

सामुदायिक वन क्षेत्रलाइ अंकुश लगाउने गरी तयार भएका र तयारीको क्रममा रहेका उपभोक्ता बिरोधी नियम,कानुन र कार्यविधि बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ जहिल्यै आन्दोलन र संघर्षमा रहने प्रष्ट पार्नु भएको छ । विज्ञप्तीमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष पाठक, महासचिव बिर्खबहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, स्थायी समितिका सदस्य डोलकुमारी सापकोटा, जिल्ला महासंघ ललितपुरका अध्यक्ष प्रेमप्रसाद घिमिरे, उपाध्यक्ष केशवराज गिरी,सिन्धुपाल्चोक जिल्ला महासंघका सचिव दयालक्ष्मी श्रेष्ठ, भक्तपुर जिल्ला महासंघका सदस्य सहदेव न्यौपाने,पवित्रा तिमिल्सना र उपभोक्ता उषा केसी लगायतलाइ प्रहरीले पक्राउ गरेको भन्दै भत्र्सना गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts