| | |

शेर्पा विद्यार्थी संघमा ओङ्दी शेर्पा चयन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ १६ ।
शेर्पा समुदायका विद्यार्थीहरुको छाता संस्था नेपाल शेर्पा विद्यार्थी संघ ताप्लेजुङको अध्यक्षमा ओङ्दी शेर्पा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा सुखमाया शेर्पा, सचिवमा फूलमाया शेर्पा, सहसचिवमा पेम्बादिकु शेर्पा र कोषाध्यक्षमा डोल्मा लामा चयन हुनुभएको छ । नेपाल शेर्पा विद्यार्थी संघ शेर्पा विद्यार्थीको हक अधिकार र हितका कार्यमा सक्रिय रहने गरेको नवनिर्वाचित अध्यक्ष ओङ्दी शेर्पाले बताउनुभयो । जिल्ला कार्यसमितिको कार्यकाल दुई वर्षको हुने पनि संघले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts