|

तयारी नपुगेको भन्दै स्थगित भएको जिल्ला लिग फुटबल माघ १९ बाट हुने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ १६ । आन्तरिक तयारी अपुग भएको भन्दै माघ १५ गतेबाट ताप्लेजुङमा सञ्चालन हुने भनिएको जिल्ला जिल्ला लिग फुटबल प्रतियोगिता माघ १९ गतेबाट मात्र सञ्चालन हुने भएको छ ।

ताप्लेजुङ जिल्ला फुटबल संघले यसअघि प्रकाशित गरेकै समूह अनुसार जिल्ला लिग फुटबल प्रतियोगितामा माघ २६ गते सम्ममा सक्ने गरी तयारी थालेको जिल्ला फुटबल संघका अध्यक्ष बालकुमार साँवाले बताउनुभयो । समूह ‘ए’मा ७ र समूह ‘बी’मा ७ टिमबीच प्रतियोगिता हुनेगरी यसअघि नै जिल्ला फुटबल संघले कार्यतालिका सार्वजनिक गरिसकेको छ । समूह ‘ए’मा प्रगतिशिल युवा क्लव,चाँगे माछापोखरी हिटी क्लव,सृजनशिल सामाजिक युवा समाज,बिसीएस मेमोरियल क्लव,लालीमा क्लव,जलजले क्लव र मानाभरा स्पोर्टिङ युथ क्लव रहेका छन् ।

यस्तै समूह ‘बी’मा कर्णसिंह सोनाम फुटबल क्लव,कञ्चनजंघा फुङ्लिङ क्लव,मिशन युनाइटेड क्लव,नवप्रयास युवा क्लव,संघर्ष स्र्पोटिङ क्लव,बीरेन्द्र युवा क्लव र पाथीभरा युवा क्लव रहेको जिल्ला फुटबल जनाएको छ । समूह ‘बी’का खेल दरमुकाम फुङ्लिङस्थित भानुजन माविको खेल मैदानमा र समूह ‘ए’का खेल आठराइ त्रिबेणी गाउँपालिकाको चाँगेमा सञ्चालन हुने जिल्ला फुटबल संघले जनाएको छ । दुबै समूहमा सेमीफाइनल अघि २१–२१ वटा खेल हुने भएका छन् । सेमीफाइनल र फाइनल खेल भने चाँगेमै सञ्चालन हुने जिल्ला फुटबल संघका अध्यक्ष साँवाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts