ताप्लेजुङको फुङ्लिङमा कोभिडशिल्डको दुई डोज लगाइ सकेकालाइ बुष्टरडोज दिइने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १४ । २०७७ साल माघ १५ गते देखि २०७८ साल असार मसान्त सम्ममा कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएका ताप्लेजुङका नागरिकलाइ फुङलिङ नगरपालिका भित्रका नियमित खोप केन्द्रमार्फत बुष्टरडोज दिइने भएको छ ।

जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले ६० बर्षभन्दा माथि उमेर समूहका,दीर्घरोगी,अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसरहुनेलाइ प्राथमिकता दिएर कोभिडशिल्डको बुष्टरडोज सञ्चालन गर्ने निर्णय लिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायले बताउनुभयो । अहिले फुङ्लिङ नगरपालिका वडा नं ४ वडा कार्यालय र तोक्मेडाँडामा कोरोना बिरुद्धका लागि नियमित खोप सञ्चालन हुँदै आइरहेको छ । तिनै खोपकेन्द्रमार्फत कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएका र प्राथमिकता क्रममा परेकाहरुलाइ बुष्टर डोज दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिनुभयो ।

यस्तै यसअघि १२ बर्ष पूरा भइ मोर्डना खोपको पहिलो मात्रा लगाएकाहरुका लागि माघ १६ गतेबाट २१ गते सम्म दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर रायका अनुसार माघ १६ गते देखि १८ गते सम्म फुङ्लिङ नगरपालिका भित्र तथा माघ १७,१८,१९ र २० गते पाथीभरा याङ्वरक,आठराइ त्रिबेणी,मैवाखोला र मेरिङ्देन गाउँपालिकामा मोर्डना खोपको दोस्रो मात्रा लगाइने भएको छ । यस्तै माघ १८,१९ र २० गते सिदिङ्वा,सिरिजंगा र मिक्वाखोला गाउँपालिकामा मोर्डना खोपको दोस्रो मात्रा लगाउने गरी कार्यतालिका तयार भएको उहाँले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts