ताप्लेजुङका ९ स्थानीय तहमध्ये फुङलिङमा २ हजार जनसंख्या बढ्यो,८ स्थानीय तहको घट्यो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १३ । ताप्लेजुङका ९ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका बाहेक १० बर्षको अवधिमा ८ वटै स्थानीय तहको जनसंख्या घटेको पाइएको छ ।

२०७८ सालको जनगणना अनुसार ताप्लेजुङमा २०६८ को जनगणनाको तुलनामा ७ हजार १ सय २ जनसंख्या घटेको यसबर्षको राष्ट्रिय जनगणनाको प्रारम्भिक प्रतिबेदनले देखाएको छ । २०६८ सालको जनगणना अनुसार फुङ्लिङ नगरपालिकामा २६ हजार ६ सय २६ जनसंख्या रहेकोमा चालू बर्षको जनगणनामा बढेर २८ हजार ७ सय ८६ पुगेको छ । फुनपामा करिव २ हजार १ सय २६ जनसंख्या बढेको देखिएको छ । ताप्लेजुङमा सबैभन्दा बढी जनसंख्या पाथीभरा याङ्वरक गाउँपालिकाबाट घटेको यसबर्षको राष्ट्रिय जनगणनाको प्रारम्भिक प्रतिबेदनले देखाएको छ । २०६८ सालमा १३ हजार ५ सय ९१ जनासंख्या रहेको त्यहाँ अहिलेको जनसंख्या ११ हजार ७ सय ९७ मा झरेको छ । पाथीभरा याङ्वरकबाट पछिल्लो १० बर्षमा १ हजार ७ सय ९४ जनसंख्या घटेको देखिएको छ । त्यसपछि सिरिजंगा गाउँपालिकाको जनसंख्या घटेको छ । त्यहाँको अहिलेको जनसंख्या १४ हजार १ सय ८६ रहेको पाइएको छ । २०६८ को तुलनामा त्यहाँ १ हजार ६ सय २० जनसंख्या घटेको पाइएको छ । २०६८ सालको जनगणना अनुसार सिरिजंगाको जनसंख्या १५ हजार ८ सय ६ रहेको थियो ।

आठराइ त्रिबेणी गाउँपालिकामा अहिलेको जनसंख्या १२ हजार २ सय ८८ रहेको पाइएको छ । २०६८ सालमा त्यहाँ १३ हजार ७ सय ८४ जनसंख्या रहेको थियो । १० बर्षको अवधिमा आठराइ त्रिबेणीको जनसंख्या १ हजार ४ सय ९६ ले घटेको देखिएको छ । यस्तै मेरिङ्देन गाउँपालिकाको २०७८ सालको जनसंख्या १२ हजार ४० रहेको छ । २०६८ सालको जनगणनमा त्यहाँको जनसंख्या १३ हजार २ सय ८४ रहेको थियो । मेरिङ्देन गाउँपालिकामा पछिल्लो १० बर्षमा १ हजार २ सय ४४ जनसंख्या घटेको पाइएको छ । मिक्वाखोला गाउँपालिकामा १० बर्ष अघिको जनगणनामा ९ हजार १ सय ६० जनसंख्या रहेकोमा अहिले ७ हजार ९ सय ९१ पुगेको देखिएको छ । त्यहाँ १ हजार १ सय ६९ जनसंख्या घटेको देखिएको छ ।

यस्तै सिदिङ्वाको अहिलेको जनसंख्या १० हजार ९ सय ८१ रहेको छ । २०६८ सालमा त्यहाँको जनसंख्या १२ हजार ९९ रहेको थियो । सिदिङ्वामा १० बर्षको अवधिमा १ हजार १ सय १८ जनसंख्या घटेको देखिएको छ । । मैवाखोला गाउँपालिकाको अहिलेको जनसंख्या १० हजार ३ सय ६५ रहेको छ । २०६८ सालमा ११ हजार ९४ जनसंख्या रहेको सो गाउँपालिकाबाट पछिल्लो १० बर्षमा ७ सय २९ जनसंख्या घटेका छन् । दुर्गम मानिएको फक्ताङ्लुङ गाउँपालिकाको जनसंख्या ताप्लेजुङका स्थानीय तहमध्ये सबैभन्दा कम घटेको पाइएको छ । त्यहाँको अहिलेको जनसंख्या ११ हजार ९ सय २५ रहेको देखिएको छ । २०६८ सालको जनगणनामा १२ हजार १७ जनसंख्या रहेको थियो । यो हिसावले १० बर्षमा त्यहाँ ९२ जनसंख्या कम रहेको पाइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts