| |

शेर्पाद्धारा जन्मदिनमा बिद्यार्थीलाइ न्यानो कपडा बितरण

ताप्लेजुङ,माघ १२ । जन्मदिन कसरी मनाउने ? भव्य भोज आयोजना गरेर साथीभाइ तथा आफन्तजनलाइ खुसी बनाउने या अरु कुनै ? ताप्लेजुङको मेरिङ्देन गाउँपालिका स्थायी घर भइ हाल फुङ्लिङ नगरपालिका वडा नं ४ बस्दै आउनु भएका युवा पेम्बा लामा शेर्पाले जन्मदिन फरक ढंगले मनाउनु भएको छ ।

उहाँले ३० औं बर्ष पार गरी ३१ बर्ष लागेको अवसरमा मनाएको जन्मदिनमा फुङ्लिङस्थित बालमन्दिर आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाइ न्यानो कपडा प्रदान गर्नु भएको छ । उहाँका अनुसार सो बिद्यालयमा अध्ययनरत ५० जना बिद्यार्थीलाइ करिव १५ हजार रुपैंया बराबरको न्यानो कपडा प्रदान गरिएको छ ।

जन्मदिनलाइ रचनात्मक र मनकारी बनाउने आफ्नो सोच अनुसार यस्तो कार्यक्रम गरिएको शेर्पा जानकारी दिनुभयो ।

Similar Posts