|

सानिमा बैंकको ताप्लेजुङ फुङलिङस्थित शाखाले २ बिद्यार्थीलाइ बार्षिक ५० हजार रुपैंया उच्च शिक्षा अध्ययन छात्रबृत्ति उपलब्ध गराउने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ७ । सानिमा बैंकको ताप्लेजुङ फुङलिङस्थित शाखाले फुङलिङ नगरपालिका क्षेत्रभित्रका जेहेन्दार र बिपन्न १–१ जना छात्र÷छात्रालाइ जनही बार्षिक ५० हजार रुपैंया बराबरको छात्रबृत्ति प्रदान गरेको छ ।

आबेदन दिएका ६ मध्ये आबेदनको प्रकृयाभित्र परेका ४ जनाको निबेदनउपर छात्रबृत्ति सिफारिस समितिको निर्णय बमोजिम छात्रबृत्ति प्राप्त गर्ने २ जना छनौट गरिएको सानिमा बैंकको फुङ्लिङस्थित शाखा प्रवन्धक बिनोद ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार फुङलिङ नगरपालिका वडा नं ९ हाङ्देवाका बिसु कालिकोटे(३.४० जिपीए) र फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बुकी सीता निरौला(३.१५ जिपीए) सानिमा बैंकको छात्रबृत्ति प्राप्तकर्ताको रुपमा छनौट हुनु भएको छ । सानिमा बैंकले काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट शाखा रहेको स्थानको स्थायी बासिन्दा,जेहेन्दार,गरिब तथा बिपन्न वर्ग,शाखा रहेको सामुदायिक बिद्यालयमा निरन्तर ३ बर्ष देखि अध्ययन गरी पहिलो प्रयासमै एसईई उर्तीण भएको र शाखा रहेको स्थानकै शैक्षिक संस्थामा अध्ययन गर्ने वा गरिरहेका २–२ जना बिद्यार्थीलाइ विगत ९ बर्षदेखि यस्तो छात्रबृत्ति प्रदान गर्दै आएको जनाएको छ । सोहि अनुसार फुङ्लिङ शाखाबाट पनि यस्तो छात्रबृत्ति प्रदान भएको ओझाले जानकारी दिनुभयो ।

छात्रबृत्ति शैक्षिक संस्थामा भर्ना भएको मितिदेखि लागु हुने छ । गत भदौ ३१ गते सम्म आबेदन म्याद थियो । आबेदकले १ प्रति पासपोर्ट साइजको फोटो,एसईई उत्र्तीण भएको मार्कसिट र चारित्रिक प्रमाणपत्र,बाबु र आमाको नागरिकता र बिगत ३ बर्षदेखि शाखा रहेको स्थान भित्र रहेका सरकारी÷सामुदायिक बिद्यालयमा निरन्तर अध्ययन गरेको प्रमाणित कागजात पेश गर्नुपर्ने थियो । सानिमा बैंकका शाखा प्रवन्धक ओझाका अनुसार छात्रबृत्ति प्राप्त गर्ने बिद्यार्थीले कक्षा ११ र १२ मा कम्तिमा‘सी’ग्रेडमा उर्तीण हुनु अनिवार्य छ । सो भन्दा तल्लो ग्रेड ल्याएको वा पढाइलाइ निरन्तरता दिन नसकेको वा शाखा रहेको स्थानका शैक्षिक बिद्यालयमा नपढेको अवस्थामा छात्रबृत्ति सम्वन्धी करार रद्ध हुने बैंकले जनाएको छ । छात्रबृत्ति प्राप्तकर्तालाइ बैंकले घरायसी खर्च(पकेट मनि)वापत मासिक २ हजारका दरले २४ हजार र शिक्षण संस्थामा लाग्ने पढाइ शुल्क,पाठ्यसामग्री र स्टेशनसरी वापत थप २६ हजार गरी बार्षिक ५० हजार रुपैंया उपलब्ध गराउने भएको छ । आबेदनका सर्तहरु पूरा भएको अवस्थामा अहिले छात्रबृत्ति प्राप्त गर्ने बिद्यार्थीले कक्षा १२ को अध्ययनका लागि समेत बैंकबाट थप ५० हजार रुपैंया प्राप्त गर्ने बैंकले जनाएको छ ।

सानिमा बैंकको फुङलिङ शाखाले शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई,फुङलिङ नगरपालिकाका शिक्षा अधिकृत प्रकाश पौडेल,शाखा रहेको स्थान फुङ्लिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष भीमादेवी ओझा,पाथीभरा बहुमुखी क्याम्पसका पूर्व सहप्राध्यापक डिल्लीरमण बराल र पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सदस्य रहेको ५ सदस्यीय छात्रबृत्ति सिफारिस समिति गठन गरेको थियो । आबेदकहरुमध्येबाट एसईईमा प्राप्त नतिजा,आर्थिक तथा पारिवारिक अवस्था र सानिमा बैंकको छात्रबृत्ति सम्वन्धीका अन्य सर्तहरुका आधारमा निर्णयमा पुगेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts