| |

ताप्लेजुङमा स्काई वाकरको परीक्षण उडान सफल

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ६ ।
ताप्लेजुङ जिल्लाको पर्यटन प्रवर्द्धन र विकासका लागि स्काई वाकर प्रविधिको प्रयोग हुने भएको छ । सदरमुकाम फुङ्लिङमा बुधबार गरिएको परीक्षण सफल भएसँगै पर्यटन प्रवर्द्धनमा स्काई वाकर प्रविधिको प्रयोग गरिने भएको हो ।
नेपाली युवा वैज्ञानिक कपिल पौडेलले अविस्कार गर्नुभएको स्काई वाकर पहिलो पटक ताप्लेजुङमा व्यावसायिक रुपमा सञ्चालनमा ल्याउन लागिएको बताइएको छ । पौडेलका अनुसार स्काई वाकरले एक डाँडादेखि अर्को डाँडासम्म उडान गर्ने छ । प्रत्येक दुई किलो मिटरमा एक सेन्सर राख्नुपर्ने र सेन्सरका सहायताले लामो–लामो यात्रा गनु सकिने उहाँले बताउनुभयो ।
विभिन्न क्षेत्रहरुमा ओझेलमा रहेको पर्यटकीय क्षेत्र तथा धार्मिक स्थलहरुमा आउजाउ गर्नका लागि स्काई वाकरको प्रयोग हुने अविस्कारक पौडेलले बताउनुभयो । यो प्रविधि विकास निर्माणको क्षेत्रमासमेत उपयोग हुने उहाँको भनाइ छ ।
ड्रोनबाट निर्माण गरिएको एक विश्वमा पहिलो पटक स्काई वाकरको व्यावसायिक रुपमा परियोजना अगाडि बढाएको अविस्कार समूहले जनाएको छ । अविस्कार समूहका अनुसार यो एक प्रकारको ड्रोन हो, तर विश्वमा पहिलो पटक यति ठूलो ड्रोन कुनै देशले अविस्कार नगरेको वैज्ञानिक पौडेलले दावी समेत गर्नुभयो । ६० जनासम्म यात्रु बोक्न सक्ने क्षमता रहेको स्काई वकरका प्राविधिकहरुले जनाएको छ ।
यता ताप्लेजुङमा स्काई वाकरका व्यावसायिक रुपमा सञ्चालन समुदाय परिचालन तथा विकास मञ्चले समन्वय गरेको छ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल पाथीभरा, पर्यटकीयस्थल तिम्बुङ पोखरी र फुङ्फुङ्गे झरना लगायतका स्थानमा व्यावसायिक रुपमा सञ्चालन गर्ने योजना रहेको समुदाय परिचालन तथा विकास मञ्चका अध्यक्ष खड्ग गुरुङले बताउनुभयो । त्यसका लागि बुधबारबाटै पहिलो सर्भे गर्ने काम सुरु भएको गुरुङले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts