| | |

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ दुई तिहाइले पारित

अरुलाई पनि शेयर गरौ !

जनकपुरधाम, माघ ३ । सोमबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधामलाई बहुमतले पारित गरेको छ । प्रदेश २ को नाम मधेश प्रदेश राख्नुपर्ने प्रस्तावको पक्षमा ८० मत प्राप्त भएपछि मधेश प्रदेश बहुमतले पारित भएको हो ।
सोमबारको बैठकमा प्रदेशसभा सदस्यहरु शैलेन्द्र साह, शैलेन्द्र यादव र भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश हुनुपर्ने प्रस्ताव गरेपछि भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० र विपक्षमा १९ मत परेको थियो । त्यसैगरी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फवाट प्रदेश सभा सदस्य परमेश्वर साहले राजधानी जनकपुरधाम राख्न गरेको प्रस्ताव माथि भएको मतदानमा राजधानी जनकपुरको पक्षमा ७८ मत परेपछि दुइतिहाई बहुमतले राजधानी जनकपुरधाम कायम गरिएको हो । उक्त प्रस्तावको विपक्षमा २१ मत परेको थियो ।
राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्तावमाथि प्रदेश सभामा उपस्थित ९९ जना प्रदेशसभा सदस्यले भाग लिनुभएको थियो । राजधानी जनकपुरधामको पक्षमा दुईतिहाइ बहुमत प्राप्त भएपछि अन्य प्रस्तावहरु अस्विकृत भएको घोषणा प्रदेश सभाका सभामुख सरोज यादवले गर्नुभयो ।
प्रदेशसभा सदस्यहरु परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्रप्रसाद कुसवाहा, शारदादेवी थापा र भरतप्रसाद साहले प्रदेश २ को राजधानी जनकपुरधाम र त्यसको सिमाना पूर्वमा पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि कमला नदी किनार, दक्षिणमा नेपालको भारत सम्मको सिमाना, पश्चिममा परिक्रमा सडक र उतरमा धनुषाको ढल्केबर रहने गरी प्रस्ताव गर्नुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts