खराब भवन र संरचनाइतर उपायको अभाव भूकम्पका बेला बढी क्षति हुने कारण’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले खराब भवन र संरचनाइतर उपायको अभावलाइ भूकम्पबाट हुने प्रमुख क्षतिका कारण औंल्याउँदै यस्ता असुरक्षित प्रचलनबाट सचेत रहन आग्रह गरेको छ ।

२४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सार्वजनिक अपिल गर्दै प्रशासन कार्यालयले प्राकृतिक रुपमा भूकम्प जानुबाट आफैंमा जनधनको क्षति नहुने भएकोले खराव भवन र संरचनाइतर उपायको अभावलाइ हटाउन सबैमा अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भूकम्पको बेला खस्ने बस्तुहरु मृत्यु अथवा चोटपटकका मुख्य कारण हुने औंल्याउँदै यस्ता बस्तुहरुलाइ हतपत खस्न नदिने गरी संरक्षण गर्नु हरेक परिवारको दायित्व हुने बताउनुभयो । भूकम्प आएको बेला सुरक्षित रहने सबैभन्दा उत्तम उपाय भनेकै घुँडा टेकेर गुडुल्किने र ओत लागेर बस्ने रहेको समेत प्रशासन कार्यालयले बताएको छ ।

ओत लाग्ने ठाउँ नभएको अवस्थामा टाउको र घाँटीलाइ सुरक्षित गर्न,भूकम्प आएको बेला शान्त रहन र चिच्याउने र ठूलो आवाजले कराउने कार्य नगर्न समेत प्रशासन कार्यालयले आग्रह गरेको छ । बढी कोलाहल र चिच्याहटले मानिसको शरिरमा भएको उर्जा कम गराउने तथा अक्सिजनको मात्रा समेत बढी रुपले खर्च हुने भएकोले शान्तपूर्वक सुरक्षित उपायको खोजीमा लाग्न समेत प्रशासनले आग्रह गरेको छ । भूकम्प रोकिएपछि त्यसको क्षतिबाट नयाँ जोखिमहरु उत्पन्न हुन सक्ने भएकोले जोखिम कम गर्नका लागि मानिसले सावधानी अपनाउनुपर्ने,चर्किएका एवम् भत्किएका घर सहितका संरचना भित्र बस्न नहुनेतर्फ समेत प्रशासनले सबैलाइ सचेत गरेको छ ।

फोटो ः ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयमा भूकम्प सुरक्षा सम्वन्धी सचेतना कार्यक्रम मनाइदैं ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts