|

ताप्लेजुङको आठराइ त्रिबेणीका बिद्यालय बन्द नहुने,माघ ४ बाट बिद्यालय लगाउन पालिकाले ग¥यो उर्दी

ताप्लेजुङ,पुस ३० । सक्रिय कोरोना संक्रमितको संख्या शुन्य रहेको अवस्थामा औंल्याउँदै ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाले माघ ४ गते बाट बिद्यालयको पठनपाठन सुचारु गर्न पालिकाभरीका बिद्यालयहरुलाइ पत्र पठाएको छ ।

सरकारले भने माघ १५ गते सम्म बिद्यालयमा बिदा दिने निर्णय गरेको छ । आठराइ त्रिबेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिजय इङ्नामले पालिका क्षेत्रमा अहिले सम्म सक्रिय कोरोना संक्रमित शुन्य रहेको अवस्थामा बिद्यालय बन्द गर्ने निर्णय बाञ्छनिय नहुने निर्णय गाउँ कार्यपालिकाले गरे अनुसार पूर्ववत अवस्थामै बिद्यालय सञ्चालन हुने जानकारी दिनुभयो ।

गाउँ कार्यपालिकाको बैठकले अहिले तत्काल बिद्यालय बन्द गर्न आवश्यक नदेखिएको ठहर गर्दै माघ ४ गतेबाट नियमित र पूर्ववत अवस्थामै बिद्यालय सञ्चालन हुने निर्णय लिएको पालिका अध्यक्ष विश्वनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो‘अवस्था जटिल भएको र जोखिम बढेको अवस्थामा बाहेक अर्को सूचना जारी नभए सम्म पालिका क्षेत्रका बिद्यालयहरुमा नियमित रुपमा पठनपाठन हुने छ’ । उहाँले पालिकाले गरेको यस्तो निर्णय कार्यान्वयनका लागि गाउँपालिका प्रशासनले पालिकाभरीका सबै सामुदायिक बिद्यालयहरुलाइ परिपत्र गरेको जानकारी दिनुभयो । ओमिक्रोन संक्रमणको बढ्दो प्रभावका बीच नेपाल सरकार शिक्षा मन्त्रालयले पुस २७ गतेबाट माघ १५ गते सम्मका लागि बिद्यालय बन्द गर्ने निर्णय लिएको थियो ।

Similar Posts