फुङ्लिङको एक होटलमा एक भारतीय नागरिक मृत फेला
ताप्लेजुङ,पुस २९ । ताप्लेजुङको फुङलिङ स्थित पुरानो बैंक लाइन क्षेत्रमा सञ्चालित एक होटलमा काम गर्न बसेका एक भारतीय नागरिकको मृत भेटिएका छन् ।
भारतको पूर्णिया जिल्ला चपय गाउँ बस्ने २१ बर्षिय दिलसुख कुमार मृत भेटिनु भएको हो । राति १२ बजेतिर शौचालय जाने भन्दै हिडेंका उनी लामो समय सम्म फर्की नआएपछि खोज्न जाँदा बेहोस अवस्थामा भेटिएको उहाँसंगै सुत्नु भएका उहाँका साथीले जानकारी दिनुभयो । जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)बाल नरसिंह राणाले घटनास्थल मुचुल्का उठाइ शव शव जिल्ला अस्पतालको शव गृहमा राखिएको जानकारी दिनुभयो ।‘मृतकका आफन्त आउँदै हुनहुन्छ’राणाले भन्नुभयो‘उहाँहरु आएपछि शवको पोष्टमार्टम प्रकृया पूरा गरेर शव आफन्तलाइ बुझाउँछौं’ । डिएसपी राणाले घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको समेत जानकारी दिनुभयो ।