|

तेल्लोकमा लिम्बू भाषा र लिपी अध्ययन÷अध्यापन गराउने शैक्षिक केन्द्र स्थापनाको सपना बोक्दै सिरिजंगा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २७ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले लिम्बू भाषा र लिपी अध्ययन÷अध्यापन गराउने विश्वविद्यालय तहको शैक्षिक केन्द्र बनाउने उद्देश्यले तयार भएको आनिपान(भाषा)सम्वन्धी ऐन पारित गरेको छ ।

सिरिजंगा गाउँपालिकाको नियमित गाउँसभा अधिवेशन(दशांैं)ले सामुदायिक विद्यालयमा लिम्बू भाषा र लिपि (आनिपान)अध्यापन गराउने गराउने ऐन, २०७८ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । उक्त ऐनले लिम्बू भाषा र लिपि अध्यापन गराउने गरी २७ जना भाषा शिक्षकको करार दरवन्दीलाइ कानुनी बैधता प्रदान गर्ने छ । ऐन पारित भएसंगै अब उप्रान्त आनिपान(भाषा) शिक्षकलाई प्रचलित श्रम ऐनले तोके अनुसार न्यूनतम सेवा÷सुविधा समेत उपलब्ध गराउन बाटो खुलेको समेत प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । सिरिजंगा गाउँपालिका त्ये अङ्सी सिरिजंगासिंह थेबेको जन्मस्थल समेत रहेको स्थलको रुपमा परिचित छ । सिरिजंगासिंह थेबेलाइ किराँत लिम्बू लिपिका प्रचारक,सिरिजंगा लिपि र याक्थुङ संस्कृतिका प्रणेता,जातिय अस्थित्वका रक्षक,ज्ञानका पुञ्ज एवम् प्रकाण्ड बिद्धान मानिन्छ ।

पालिका अध्यक्ष टीकाराम गुरुङको अध्यक्षतामा गाउँसभा अधिबेशनले पालिकाको बिनियोजन बिधयेक २०७८ का केहि प्रावधानहरुमा प्रथम शंसोधन समेत गरेको छ ।‘सिरिजंगामा लिम्बू भाषा र लिपी अध्ययन÷अध्यापन गराउने विश्वविद्यालय तहको शैक्षिक केन्द्र बनाउने उद्देश्य राखेर ऐन बनाइएको छ’पालिका अध्यक्ष गुरुङले भन्नुभयो । उहाँले पालिकाको नाम नै सिरिजंगा लिपि र याक्थुङ संस्कृतिका प्रणेता त्ये अङ्सी सिरिजंगासिंह थेबेको सम्मानबाट रहन गएकोले सिरिजंगा गाउँपालिकामा त्यहिँ भाषा र लिपिको अध्ययन÷अध्यापनको केन्द्र स्थापनाको आधार स्वरुप ऐन निर्माण गरी प्रकृया आरम्भ गरेको जानकारी दिनुभयो ।

पालिकाले आफ्नो दशौं गाउँसभा अधिबेशन नवनिर्मित प्रमुख प्रशासकीय भवनको नयाँ भवनमै सम्पन्न गरेको छ । बैठकमा सहभागी हुनेलाइ आफैं बसेको ठाउँमा जडान भएको माइकबाट आफ्नो कुरा राख्न र डिजिटल बोर्डमार्फत बैठकका एजेण्डा र निर्णय प्रस्तुति गर्न समेत सहज भएको पालिकाका प्रवक्ता लालकृष्ण चौहानले बताउनुभयो । अघिल्लो बर्ष मंसिर २९ गते शिलान्यास गरी १ बर्षकै अवधिमा निर्माण कार्य पूरा गरी गत मंसिर २९ गतेबाट सेवा आरम्भको शुभसाइत समेत गरिसकिएको प्रमुख प्रशासकीय भवनको आउँदो माघ ५ गते बिधिवत् उद्घाटन गर्ने पालिकाले तयारी गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts