एमाले ताप्लेजुङको निर्वाचनमा ६ सय ३५ मत खस्यो,मतगणना बारे केहिबेरमा निर्णय हुने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २६ । नेकपा एमाले ताप्लेजुङको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ६ सय ३५ मत खसेको छ । ६ सय ७१ मतमध्ये ३६ मत कम अर्थात् ६ सय ३५ मत खसेको निर्वाचन समितिका सदस्य अधिबक्ता बलराम भट्टराईले जानकारी दिनुभयो । अहिले मतदान कार्य पूरा भएर मतपेटिकामा लाहछाप गर्ने कार्य भइरहेको भट्टराईले बताउनुभयो ।‘मतगणना बारे केहिबेरमा छलफल पछि निर्णयमा पुग्छौं’भट्टराईले भन्नुभयो । अध्यक्षमा बलबहादुर साम्सोहाङ र भूपेन्द्र थेबे,उपाध्यक्षमा मात्रिकाप्रसाद भट्टराई र सन्तोष खतिवडा,सचिवमा केशरकुमार सुब्बा र मंगलसिंह केदेम,२ उपसचिवका लागि दीपेन पोमू,मणिशंकर पोमू,लिलाचक्र गुरुङ र सन्तोष चोङ्वाङ प्रतिश्पर्धी हुनहुन्छ । प्रत्येक वडाका १–१ जनाको दरले भूगोलबाट आउने ६१ जना जिल्ला कमिटी सदस्य मध्ये फुुङ्लिङ नगरपालिकाको वडा नं ३ र आठराइ त्रिबेणी गाउँपालिकाको वडा नं १ बाट बाहेक ५९ वटा वडाबाट जिल्ला कमिटी सदस्य निर्वीरोध भइसकेका छन् । यद्यपी निर्वाचन समितिले भने अहिले सम्म घोषणा गरेको छैन । ६ महिला खुल्ला सदस्यका लागि ९,३ दलित सदस्यका लागि ६ र १३ खुल्ला सदस्यका लागि २७ जनाको उम्मेदवारी परेको छ । खुल्ला १३ सदस्यका लागि साम्सोहाङ र थेबे पक्षबाट १३–१३ गरी २६ र १ जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts