एमाले ताप्लेजुङ अधिबेशन ः उम्मेदवारको अन्तिम नामावली प्रकाशन नहुँदै बाहरिए दुई समूहका‘लिष्ट’

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २५ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन नहुँदै ताप्लेजुङ एमालेको नयाँ नेतृत्वका लागि उम्मेदवार बन्ने दुई समूहका उम्मेदवारहरुको नामावली बाहिर आएको छ ।

अध्यक्षका प्रत्यासीद्धय लबहादुर साम्सोहाङ र भूपेन्द्र थेबेको समूहका प्रतिश्पर्धीहरुको नामावली बाहिरिएको हो । आठराइ त्रिबेणी र फुङ्लिङ नगरपालिकाका केहि वडाबाट बाहेक अन्यत्रबाट जिल्ला कमिटीमा पुग्ने सदस्यहरु निर्विरोध हुने स्थिति देखिएपनि पदाधिकारी तथा खुल्ला सदस्यमा भने एमाले ताप्लेजुङमा निर्वाचन हुने भएको छ । तर निर्वाचन समिति आधिकारिक केहि भनेको छैन । ७ स्थानीय तहको भूगोलका वडाबाट कम्तिमा ३३ प्रतिशत महिला सहित आउने सदस्यहरुमा दोहोरो उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ । तर फुङ्लिङका र आठराइ त्रिबेणीका केहि वडाबाट आउने जिल्ला कमिटी सदस्यमा भने दोहोरो उम्मेदवारी परेको छ । एमाले ताप्लेजुङले कम्तिमा प्रत्येक वडाबाट १ जनाले दरले आउने गरी ६१ वटाबाट ६१ जना जिल्ला कमिटी सदस्य बन्ने र बाँकी १३ जना खुल्लाबाट १३,दलितबाट ५ र महिलाबाट ६ जना जिल्ला कमिटीमा जाने गरी प्रावधान गरेको छ । ५ जना पदाधिकारी सहित एमाले ताप्लेजुङमा ९० जना निर्वाचित हुने छन् । ६१ मा पनि कम्तिमा ३३ प्रतिशत महिला सहभागिताको प्रावधान राखिएको छ ।


अरुलाई पनि शेयर गरौ !

Similar Posts