एमाले ताप्लेजुङको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता सुरु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २५ । नेकपा एमाले ताप्लेजुङको नयाँ नेतृत्व चयनका लागि केहिबेर अघिबाट मात्र उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मतदाताको अन्तिम नामावली प्रकाशन भएपछि केहिबेर अघिबाट मात्र उम्मेदवारको मनोनयन प्रकृया सुरु भएको हो ।

प्रमुख निर्वाचन अधिकृत अधिबक्ता देवराज मेन्याङ्वोले साँझ ६ बजे भित्रमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरी निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको जानकारी दिनुभयो । संयोजक बलबहादुर साम्सोहाङ र सहसंयोजक भूपेन्द्र थेबे दुबैबाट प्यानलगत रुपमै उम्मेदवारी भइरहेको छ ।

साम्सोहाङ र थेबेको उम्मेदवारी मनोनयन पत्रको प्रमाणीकरण इञ्चार्ज तिलकुमार मेन्याङ्वोले र अन्य पदाधिकारी तथा सदस्यको उम्मेदवारी दर्ताको प्रमाणीकरण साम्सोहाङ र थेबेले संयुक्त गरेर निर्वाचन समिति समक्ष पुग्ने व्यवस्था मिलाइएको छ ।

साम्सोहाङ पक्षबाट उपाध्यक्षमा मातृकाप्रसाद भट्टराई,सचिवमा केशरकुमार सुब्बा,उपसचिवद्धयमा मणिशंकर पोमू र सन्तोष चोङ्वाङले उम्मेदारी दिने गरी यो समूहले सूची तयार गरेको छ । सहसंयोजक थेबे समूहबाट उपाध्यक्षमा सन्तोष खतिवडा,सचिवमा मंगलसिंह केदेम र उपसचिवमा दीपेन्द्र पोमू(दीपेन) र लिलाचक्र गुरुङले उम्मेदवार दिने गरी यो समूहले आफ्नो पक्षका उम्मेदवारको टुङ्गो लगाएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts