|

ताप्लेजुङको तेल्लोकमा सम्पन्न २ दिने स्वास्थ्य शिविरमा करिव २ हजारले लिए सेवा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २२ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोकमा सञ्चालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा करिव २ हजार जनाले स्वास्थ्य सेवा लिएका छन् ।

बुधवार र बिहीबार सञ्चालित शिविरमा १ हजार १ सय ९२ महिला र ७ सय ८८ पुरुष गरी कूल १ हजार ९ सय ८० जनाले स्वास्थ्य सेवा लिएको सिरिजंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । नोबेल मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ७२ जनाले ,स्त्री तथा प्रसुति रोग बिशेषज्ञ सेवा,१ सय २२ जनाले दन्त रोग बिशेषज्ञ सेवा,८९ जनाले यौन तथा छाला रोग बिशेषज्ञ सेवा र ३ सय ५ जनाले आँखा रोग बिशेषज्ञ सेवा लिएका छन् । यस्तै ३ सय जनाले हाडजोर्नी तथा नसा रोग बिशेषज्ञसेवा,२ सय ७९ जनाले जेनेरल मेडिसिन सेवा,१ सय ८६ जनाले रेडियोलोजी सेवा,१ सय ५२ जनाले ल्याव सेवा,१ सय २० जनाले नाँक,कान तथा घाँटी रोग बिशेषज्ञ सेवा,९१ जनाले बाल रोग बिशेषज्ञ सेवा र मुटु रोग बिशेषज्ञ सेवा अन्र्तगत १ सय २० जनाले सेवा लिएकामा ३९ जनाको इसिजी र ६३ जनाको इको गरिएको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकका मेडिकल अधिकृत डाक्टर भुवन सुवेदीले जानकारी दिनुभयो ।

यसअघि ९ स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गर्ने भनिएपनि ११ क्षेत्रको सेवा प्रदान गरिएको सिरिजंगा गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले सेवा प्रदान गर्न आएको नोबेल मेडिकल कलेज बिराटनगरको प्राविधिक तथा व्यवस्थापकीय समूहलाइ धन्यवाद दिदैं सेवा प्रवाहमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नु भएको छ । दुर्गम क्षेत्र मानिएको सिरिजंगा गाउँपालिकामा सञ्चालन भएको यो बृहत्त शिविरमा सेवा लिन आउनेको संख्या अधिक देखिएको नोबेल मेडिकल कलेज बिराटनगरका मेडिकल डाइरेक्टर एमडी डीएम कार्डियोलोजी डाक्टर राजेश नेपालले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts