| |

निजामति कर्मचारी युनियन जिल्ला अध्यक्षमा खनाल

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १८ ।
नेपाली काँग्रेसको भातृ तथा शुभेच्छुक संस्था नेपाल निजामति कर्मचारी युनियन ताप्लेजुङको अध्यक्षमा नवीन खनाल चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न युनियनको आठौं जिल्ला अधिवेशनले खनालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा तोया रिमाल, महिला उपाध्यक्षमा माया प्रसाईं, समावेशी उपाध्यक्षमा टीकाराम देवान, सचिव मनकुमार खत्री, सहसचिव दिनेश राय र कोषाध्यक्षमा विराज कट्टेल चयन हुनुभएको छ । सदस्यहरुमा विष्णुकुमार केदेम, मनोजकुमार उप्रेती, देवेन्द्र पौडेल, सूर्य लिबाङ, पदम गुरुङ, धनराज शेर्पा, रामकला कार्की र विपना सेन्दाङ चयन हुनुभएको छ ।
केन्द्रीय प्रतिनिधिमा भूपेन्द्र बुढाथोकी, कुलेन्द्र खबास, सुरेश लिम्बू र कमला तामाङ चयन हुनुभएको छ । जिल्ला कार्यसमितिको कार्यकाल तीन वर्षको हुने निवर्तमान अध्यक्ष भूपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts