|

अरुलाइ दुखै नदिइ घर फर्कने प्रयास सम्भव नभएपछि गोठ सार्ने क्रममा हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोलाका बाबुछोरा द्धारा हेलिकोप्टरमार्फत उद्धार गरिदिन आग्रह

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस १७ । गोठ सार्ने क्रममै हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टर बाहेक अर्को बिकल्प नभएको निश्कर्ष निकालिएको छ । ओडारमा बसेका बाबुछोराले गए बेलुका सम्म हिउँको प्रभाव कम होला र घर फर्कन सकिएला भनेर खबर गरेको तर अहिले बिहान आउन नसकिएकोले हेलिकोप्टरमार्फत आफुहरुलाइ उद्धार गरिदिन आग्रह गरेको मिक्वाखोला गाउँपालिका वडा नं ५ का वडाध्यक्ष डण्डु लामाले जानकारी दिनुभयो । उहाँका अनुसार पापुङको लोदेन खर्कमा अन्दाजी ५० वर्षिय लाक्पाटाँसी शेर्पा र उहाँका १५ वर्षिय छोरा पासाङ छिरिङ शेर्पा थुनिनु भएको हो । लाक्पाटाँसीले शनिवार बिहान फोन गरेर आफुहरु हिउँ छिचोलेर घर फर्कन सक्ने अवस्था नभएकोले हेलिकोप्टर पठाइदिन माग गरेको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । हिमपहिरोले लाक्पाटाँसीका २५ वटा याक पनि बगाएर लगेको जानकारी आफुलाइ गराएको समेत वडाध्यक्ष लामाले बताउनुभयो । लाक्पाटाँसीले आफुहरु रहेको ओडारको केहि मास्तिर सम्म भाग रहेको देखेको र त्यहाँ हेलिकोप्टर बस्न सक्ने जानकारी गराएको बताउनुभयो । यदि हेलिकोप्टर बस्न सक्ने अवस्था नभए हिउँले थुनिएका बाबु छोराका लागि खाना र न्यानो कपडा झारेर फर्कन सक्ने अवस्था रहेको समेत वडाध्यक्ष लामाले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts