|

आज तमु ल्होसार मनाइँदै, देशैभर सार्वजनिक बिदा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस १५ । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । तमू ल्होसार आज ताप्लेजुङको फुङ्लिङ वडा नं ६ स्थित निमा छ्योखोर्लिङ बौद्ध गुम्बामा बिभिन्न कार्यक्रम आयोजना गरी मनाइने तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् ताप्लेजुङका अध्यक्ष एमबी लामा तमूले जानकारी दिनुभयो । हिउँदे बर्षा र हिमपातका कारण यसअघि पूर्व निर्धारित केहि कार्यक्रम भने गर्न नसकिने पनि उहाँले जानकारी दिनुभयो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यसअघि २०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक बिदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै बिदा हुने भनी उल्लेख थियो ।

फायल फोटो

अरुलाई पनि शेयर गरौ !

Similar Posts