हिमाली क्षेत्रमा हिमपात, ओलाङ्चुङगोलामा अढाइ फिट सम्म हिउँ जम्यो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस १४ । ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । ओलाङ्चुङगोलामा गए बेलुकी ९ बजे देखि परेको हिमपात यो समाचार तयार पार्दा सम्म जारी रहेको बोर्डर आउट पोष्ट ओलाङ्चुङगोलाकाका प्रमुख, सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले ओलाङ्चुङगोलामा करिव साढे दुई फिट सम्म हिउँ जमेको छ ।‘बाक्लो रुपमा भइरहेको हिमपात रोकिएको छैन’टेलिफोन सम्पर्कमा उहाँले भन्नुभयो । उहाँका अनुसार अत्यावश्यक काम बाहेक बाहिर निस्कने अवस्था छैन । शौचका लागि र पानी लिन आउने जाने क्रममा समेत हिउँ पन्छाउने लौरोको सहारा लिनुपर्ने अवस्था आएको उहाँले जानकारी दिनुभयो । पाथीभरा क्षेत्रमा समेत हिमपात भइरहेको छ । मन्दिरमा रहेका पुजारी डिल्ली आचार्यले बर्षा र हिमपात भइरहेको जनाउनुभयो । बुधवार बिहान सदरमुकाम फुङ्लिङमा केहि समय पनि पानी संगै हिउँका मसिना कणहरुको बर्षा भएको थियो । अहिले सुकेटार आसपासमा समेत हिउँ परिरहेको स्थानीयले जनाएका छन् ।

ताप्लेजुङको ओलाङचुङगोलामा परेको हिमपात पछिको अवस्था । तस्बिर ः तेञ्जिङ वालुङको फेसबुक पेजबाट

अरुलाई पनि शेयर गरौ !

Similar Posts