| |

वन महासंघले समूहका पदाधिकारीलाई प्रशिक्षण दिलाउने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस ११ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले उपभोक्ता समूहका पदाधिकारीलाई प्रशिक्षण दिलाउने भएको छ । फेकोफन जिल्ला महासंघ ताप्लेजुङले जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई प्रशिक्षण दिलाउने भएको हो ।
जिल्ला महासंघमा आवद्ध १२३ वटा उपभोक्ता समूहका पदाधिकारीहरुका लागि प्रशिक्षण आयोजना गरिने भएको जिल्ला महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । अध्यक्ष ओझाका अनुसार आइतबार सम्पन्न जिल्ला महासंघको पूर्ण बैठकले प्रशिक्षणमा प्रत्येक समूहका पदाधिकारीमध्ये तीन–तीन जनालाई सहभागी गराई प्रशिक्षण दिलाउने निर्णय गरेको छ ।
सामुदायिक वनको संस्थागत विकास साथै वन तथा वातावरण संरक्षणमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा केन्द्रित रहेर प्रशिक्षण आयोजना गर्न लागिएको जिल्ला महासंघले जनाएको छ । प्रशिक्षण महासंघका केन्द्रीय पदाधिकारी, विषय विज्ञ लगायतको उपस्थितिमा आगामी फागुन पहिलो साता सम्ममा आयोजना गरिने भएको जिल्ला अध्यक्ष ओझाले जानकारी दिनुभयो ।
यस्तै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय बैठक ताप्लेजुङमा आयोजना गर्नका लागि केन्द्रीय समितिसमक्ष प्रस्ताव गर्ने पूर्ण बैठकले निर्णय पनि गरेको पनि जिल्ला महासंघले जनाएको छ । यता जिल्ला अध्यक्ष ओझाका अनुसार महासंघको केन्द्रीय कार्यसमिति बैठक ताप्लेजुङमा आयोजना गर्ने विषयमा केन्द्रीय पदाधिकारीसँग यस अघिदेखि नै सम्पर्क भइरहेको छ । आइतबारको पूर्ण बैठक डिभिजन वन कार्यालय ताप्लेजुङका डिभिजनल वन अधिकृत वीरेन्द्र शाह र महासंघका केन्द्रीय सदस्य कृष्ण ओझाको उपस्थितिमा सम्पन्न गरिएको जनाइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts