|

सिरिजंगामा सञ्चालित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वालाइ

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ११ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आयोजना गरेका प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ । फुङलिङ नगरपालिकालाइ ३–० को सोझो सेटमा हराउँदै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो । उपाधिसंगै सिदिङ्वा गाउँपालिकाले ३ लाख ३३ हजार ३ सय ३३ रुपैंया नगदका साथ सिरिजंगा लिपि अंकित २ सय ६१ तोला चाँदीको रनिङ ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ । उपबिजेता भएको फुङ्लिङले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ । फुङलिङलाइ हराउने क्रममा सिदिङ्वाले २५–१९,२५–२१ र २५–१६ को नतिजा निकाल्यो । यस्तै प्रतियोगितामा सान्त्वना हुने पाथीभरा याङ्वरक गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाले जनही नगद ५५ हजार ५ सय ५५ रुपैंयाका दरले रकम तथा ट्रफी,मेडल र प्रमाणपत्र भएका पाएका छन् । गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बिजयी टिम तथा खेलाडीलाइ नगद,ट्रफी,मेडल र प्रमाणपत्र बितरण गर्नुभयो ।

यसअघि फाइनल पुग्ने क्रममा पहिलो सेमीफाइनलमा फुङ्लिङ नगरपालिकाले फक्ताङ्लुङ गाउँपालिकालाइ र सिदिङ्वा गाउँपालिकाले पाथीभरा याङ्वरक गाउँपालिकालाइ सोझो सेटमा पराजित गरेका थिए । खेलमा फेयर अफ दी अवार्डको उपाधि मिक्वाखोला गाउँपालिकाले प्राप्त ग¥यो । उसले नगद २० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाएको खेल संयोजक भूपेन्द्र बुढाक्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगिता अवधिको सर्बोउत्कृष्ट खेलाडी सिदिङ्वाका प्रविन न्यौपाने हुनुभयो । उहाँले नगद १० हजारका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउनुभयो । बिधागततर्फ फुङलिङ नगरपालिकाका सुशिल भट्टराई उत्कृष्ट स्पाइकर,सिदिङ्वाका मिलन लिम्बू उत्कृष्ट सटर,फुङलिङ नगरपालिकाका लक्ष्मण गुरुङ उत्कृष्ट डिफेन्डर,निश्चल भट्टराई उत्कृष्ट ब्लकर घोषित हुनुभयो । सिदिङ्वाका सन्दीप गौतम उदयीमान खेलाडी हुँदा उत्कृष्ट प्रशिक्षक सिदिङ्वाका शिव तोलाङी घोषित हुनुभयो । उहाँहरुले जनही नगद २ हजारका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउनुभयो । सिरिजंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले सिरिजंगा लिपिका सर्जक,ज्ञानका पुञ्ज तेअङसी सिरिजंगासिंह थेबेको जन्मभूमी र सम्मानमा प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता खेल सञ्चालन गरिनु आफैंमा गर्वको बिषय भएको बताउनुभयो ।

समापन कार्यक्रममा सिरिजंगा गाउँपालिका उपाध्यक्ष ज्ञानमाया चौहान,पाथीभरा याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार फुङ्लिङ नगरपालिका सामाजिक विकास समितिका संयोजक समेत रहेका फुङ्लिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष पदमसुन्दर पालुङ्वा,सिदिङ्वा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष तेजिन्द्र इदिङ्गो,सिरिजंगा गाउँपालिका वडा नं २ का वडाध्यक्ष लालकृष्ण चौहान,वडा नं ४ का वडाध्यक्ष रुपदास भट्टराई,वडा नं ८ का वडाध्यक्ष टसी लामा,कार्यपालिका सदस्य,वडासदस्य स्थानीय खेलप्रेमीको सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts