|

सिरिजंगामा प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता ः सेमीफाइनल पुग्ने ४ टिमको टुङ्गो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस १० । सिरिजंगा गाउँपालिकाले आयोजना गरेका प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल सकिदा सेमी फाइनल पुग्ने ४ टिमको टुङ्गो लागेको छ । खेलमा फुङ्लिङ नगरपालिका, फक्तालुङ गाउँपालिका,सिदिङ्वा गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिका सेमी फाइनल प्रवेश गरेका छन् ।

फाइनल प्रवेशका लागि अब सिदिङ्वा गाउँपालिका र पाथीभरा याङ्वरक तथा फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिका आमनेसामने हुनेछन् । मौसमले असर गरेपछि सुरु भएको पाथीभरा याङ्वरक गाउँपालिका तथा सिदिङ्वा गाउँपालिका बीचको खेल शनिवार स्थगित गरिएको छ । आइतवार दुई सेमीफाइनल तथा फाइनल खेल हुने सिरिजंगा गाउँपालिकाले जनाएको छ । यसअघिको खेलमा सिदिङ्वा गाउँपालिकाले आयोजकको टिमलाइ सोझो सेटमा पराजित ग¥यो । सिदिङ्वाले आयोजक सिरिजंगालाइ २५–२१,२५–२२ र २५–१७ को सेटमा हरायो । यो खेलमा सिदिङ्वाका खेलाडी नयन तामाङ म्यान अफ दी म्याच घोषित हुनुभयो । यता फुङ्लिङ नगरपालिकाले मिक्वाखोलालाइ २५–२१,१८–२५,२४–२६,२५–२३ र १५–५ को सेटमा पराजित ग¥यो । ५ सेटमध्ये फुङलिङले ३ र मिक्वाखोलाले २ सेटमा बिजय हासिल गरेका थिए । यो खेलमा फुङलिङका शुसिल भट्टराई म्यान अफ दि म्याच घोषित हुनुभयो ।

खेलाडी सहभागिता र निर्णय प्रति आपत्ति जनाउँदै मिक्वाखोलाले गरेको अपिल(प्रोटेक्स)आयोजकले खारेज भएको निर्णय सुनाएको थियो । बिधि र प्रकृया अनुसार आयोजककोतर्फबाट निर्णय सुनाइएको सिरिजंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । मिक्वाखोला गाउँपालिकाका टिम क्याप्टेन प्रताप लिम्बूले आयोजककोतर्फबाट गरिएको निर्णयमा मिक्वाखोलाको आपत्ति रहेको प्रतिक्रिया दिनुभयो । यता पाथीभरा याङ्वरक गाउँपालिकाले मैवाखोलालाइ २५–१६,२५–१५ र २५–१५ को सोझो सेटमा पराजित ग¥यो । यो खेलमा लनमदोर्जे(नवीन)तामाङ म्यान अफ म्याच घोषित हुनुभयो ।

दोस्रो दिनको खेलसंगै मेरिङ्देन गाउँपालिका,आठराइ त्रिबेणी गाउँपालिका,सिरिजंगा गाउँपालिका,मिक्वाखोला गाउँपालिका र मैवाखोला गाउँपालिका खेलबाट बाहिरिएका छन् । पहिलो खेलमा मेरिङ्देनलाइ सोझो सेटमा पराजित गरेपनि कठिन प्रतिद्धन्दी पाएको मैवाखोला दोस्रो खेलबाट भने अघि बढ्न सकेन । प्रतियोगिताका बिजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपैंया नगदका साथ सिरिजंगा लिपि अंकित २ सय ५० तोला चाँदीको रनिङ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेता टिमले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । यस्तै प्रतियोगितामा तेस्रो र चौथो हुने टिमले सान्त्वना पुरस्कार स्वरुप ५५ हजार ५ सय ५५ रुपैंयाका दरले नगद तथा ट्रफी,मेडल र प्रमाणपत्र भएका पाउने छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts