|

अलैंची जोन ताप्लेजुङमा नयाँ नेतृत्व,अध्यक्षमा बराल

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस ६ । अलैंची जोन ताप्लेजुङको सञ्चालन तथा समन्वय समितिमा नयाँ नेतृत्व चयन गरिएको छ । सञ्चालक समितिमा अध्यक्ष बालमणि बराल चयन हुनु भएको छ । उहाँ अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष समेत हुनुहुन्छ ।

समितिमा चन्द्र तामाङ,कैलाश लिम्बू,सन्तोष चोङ्वाङ,रवीन लिम्बू,सञ्चमाया तामाङ,लिलादेवी दाहाल,तुलसी दाहाल र चन्द्रा खतिवडा चयन हुनु भएको छ । नव निर्वाचित समितिलाइ अलैंची जोन ताप्लेजुङका निवर्तनमा अध्यक्ष दिनेश अधिकारी,सचिव चन्द्र तामाङ,सहसचिव सन्तोष भट्टराई लगायतले कार्यकाल सफलताको शुभकामनमा दिनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts