| |

पाथीभरा याङ्वरकलाई अध्यक्षकप भलिबल उपाधि

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर २७ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सम्पन्न प्रथम अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरक गाउँपालिकाले जितेको छ । सोमबार भएको फाइनलमा फुङ्लिङ नगरपालिकालाई सोझो सेटमा हराउँदै पाथीभरा याङ्वरकले उपाधि जितेको हो ।
उपाधि विजेता पाथीभरा याङ्वरक गाउँपालिकाले २५–१४, २५–१४ र २५–२० को सेटमा फुङ्लिङ नगरपालिकालाई पराजित गरेको थियो । उपाधि जितसँगै पाथीभरा याङ्वरकले १६० तोला चाँदी जडित तीनबर्षे रनिङ ट्रफीसहित तीन लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपबिजेता बनेको फुङ्लिङ नगरपालिकाले एक लाख ५० हजार रुपियाँ नगदमा चित्त बुझाउनुपरेको छ ।
यस्तै प्रतियोगितामा तृतीय र चौंथो स्थानमा पुग्न सफल सिदिङ्वा गाउँपालिका र सिरिजङ्घा गाउँपालिकाले सान्तवनास्वरुप ३५–३५ हजार रुपियाँ नगद पाएका छन् । भलिबल प्रतियोगिता मङ्सिर २४ गते शुक्रबारदेखि गाउँपालिका केन्द्र साँघुमा आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा जिल्लाका नौमध्ये आयोजकसहित आठवटा स्थानीय तहले सहभागिता जनाएका गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्बाङ (दिवस)ले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts