|

मैवाखोलामा जारी प्रथम अध्यक्ष कप भलिबलमा समूह चरणका खेल सकिए

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर २६ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप भलिबल प्रतियोगितामा समूह चरणका खेल सम्पन्न भएका छन् । ताप्लेजुङका ९ मध्ये खेलमा सहभागी ८ वटा स्थानीय तहको टीमलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ बाट ८ अंक जोडेर समूह विजेता बन्दै सिदिङ्वा गाउँपालिका नकआउट चरणमा प्रवेश गरेको छ भने ६ अंक जोड्दै सिरिजंघा गाउँपालिका समूह उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । यस समूहबाट मेरिङ्देन र मिक्वाखोला गाउँपालिका बाहिरिएकाछन् । उता समूह ‘बि’ बाट समूह विजेता बन्दै पाथीभरा याङ्वरक र उपविजेता बन्दै फुङ्लिङ नगरपालिका नकआउट चरणमा प्रवेश गरेकाछन् ।

समूह चरणका खेलमा पाथीभरा याङ्वरकले ९ र फुङ्लिङ नगरपालिकाले ६ अंक प्राप्त गरेको थियो । यस समूहमा रहेको मैवाखोला र आठराई त्रिवेणी गाउँपालिका भने समूह चरणबाटै बाहिरिएका छन् । शुक्रबारबाट सुरु भएको प्रतियोगिताको सेमिफाईनल खेल सोमबार विहान सञ्चालन हुनेछ । पहिलो सेमिफाईनल खेलमा समूह ‘ए’को विजेता सिदिङ्वा र समूह ‘बि’ को उपविजेता फुङ्लिङ नगरपालिका बीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाईनल खेलमा समूह ‘बी’को बिजेता पाथिभरा याङ्वरक र समूह ए को उपविजेता सिरिजंघा आमनेसामने हुनेछन् । फाईनल खेल समेत सोमबार नै सम्पन्न गरिने आयोजकले जनाएको छ । ‘आन्तरिक पर्यटन प्रर्वद्धनका लागि भलिबल‘भन्ने नाराका साथ पहिलो पटक पालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गरेको हो । (बसन्त लिम्बू,साँघुबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts