|

ताप्लेजुङबाट काँग्रेस केन्द्रीय सदस्यमा ३ जनाद्धारा उम्मेदवारी घोषणा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर २३ । नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिबेशनमा ताप्लेजुङबाट ३ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्नु भएको छ । निवर्तमान जिल्ला सभापति लिलादेवी बोखिमले आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नु भएको छ । यस्तै नेपाली काँग्रेस ताप्लेजुङ–काठमाण्डौ सम्पर्क समितिका पूर्व अध्यक्ष युवराज गुरुङले आदिवासी जनजाति खुल्लातर्फ उम्मेदवारी दिने बताउनु भएको छ । यस्तै तिलप्रसाद सुब्बाले अपाङ्गता भएका व्यक्तिहरुको आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुहुने भएको छ । बोखिम र गुरुङ संस्थापन इतर पक्षका र सुब्बा संस्थापन समूहका भनेर चिनिनु हुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts