|

वडास्तरीय प्रतियोगितामार्फत सिरिजंगाले छान्यो पालिकास्तरीय भलिबल खेलाडी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २३ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले वडास्तरीय भलिबल प्रतियोगितामार्फत पालिकाका लागि १२ जना खेलाडीको छनौट गरेको छ । किराँत लिम्बू लिपिका प्रचारक,सिरिजंगा लिपि र याक्थुङ संस्कृतिका प्रणेता,जातिय अस्थित्वका रक्षक,ज्ञानका पुञ्ज एवम् एक प्रकाण्ड बिद्धान मानिने तेअङ्सी सिरिजंगा सिंह थेबेको जन्मजयन्ती मंसिर २९ मा पर्छ । उहाँकै सम्मानमा पालिकाको नाम नै सिरिजंगा राखिएको हो । सिरिजंगा दिवसको पूर्व सन्ध्यामा आयोजित वडास्तरीय भलिबल प्रतियोगितामा वडा नं २ आम्बेगुदिनको टिम प्रथम भएको छ । उसले खेलाडीले कञ्चनजंघा हिमाल बोकेको ५३ तोलाको चाँदीको ट्रफी सहित ५० हजार रुपैंया पुरस्कार पाएको छ । दोस्रो बनेको वडा नं ४ तेल्लोकले ३० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ । यस्तै वडा नं ७ खेवाङ र वडा नं ६ मामाङ्खेको टोलीले क्रमशःतेस्रो र चौथो स्थानमा रहे । तेस्रो हुने वडा नं ७ खेवाङले नगद २० हजार र चौथो हुने मामाङ्खेको टोलीले ट्रफी,मेडेल र प्रमाणपत्र पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

प्रतियोगिता अवधिभरका आधारमा वडा नं ५ पेदाङका सौगात मावो उत्कृष्ट उदयीमान खेलाडी बन्दै नगद २ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउन सफल हुनुभयो । वडा नं २ आम्बेगुदिनका यामबहादुर भट्टराई सर्बोत्कृष्ट खेलाडी बन्नुभयो । उहाँले नगद ५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनुभयो । यस्तै वडा नं २ आम्बेगुदिनका मुकेश भट्टराई बेष्ट स्पाइकर र श्री राई बेष्ट डिफेण्डर बन्नुभयो । वडा नं ४ तेल्लोकका रोशन पराजुली बेष्ट सटर र वडा नं २ आम्बेगुदिनका सन्तोष थेबेले बेष्ट प्रशिक्षक बन्न सफल हुनुभयो । उहाँहरुलाइ जनही नगद २ हजार रुपैंयाका साथ ट्रफी,मेडेल र प्रमाणपत्र प्रदान गरिएको थियो । वडास्तरीय भलिबल प्रतियोगितासंगै पालिकास्तरीय भलिबल प्रतियोगिता टिमका खेलाडी पनि छनौट गरिएको छ । छनौट हुने खेलाडीहरुमा राम घतानी,याम भट्टराई,मुकेश भट्टराई,श्री राई,झलक भट्टराई,सुजन थेबे,मनराज थेबे,सुजन घतानी,दिनेश थापा,बिशाल लिम्बू,राजन लिम्बू र सागर लिम्बू रहनु भएको सिरिजंगाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts