ज्यान मार्ने उद्योगमा पक्राउ परेका एक युवक पुर्पक्षका लागि कारागार चलान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर २२ । २६ बर्षिय एक युवकलाइ कञ्चटमा पेस्तोल ताकी ज्यान मार्ने असफल प्रयास(उद्योग)गरको अभियोगमा पक्राउ परेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ का ३३ बर्षिय कमल लिम्बू पुर्पक्षका लागि कारागार चलान भएका छन् । ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी ताप्लेजुङ अदालतमा पेश गरिएकोमा थुनछेक आदेश अनुसार कमललाइ पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो । कमल माथि गत कात्तिक २५ गते मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुका २६ बर्षिय बिनोद नाल्वोलाइ कञ्चटमा पेस्तोल ताकी ज्यान मार्ने उद्योग गरेको अभियोग रहेको छ । प्रहरीले कमलको साथबाट २ थान गोली र म्यागजिन सहितको पेस्तोल १ थान तथा दाप सहितको खुकुरी १ थान समेत फेला पारेको जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts