ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनाका घाइते २ जनाको मृत्यु,२ को अवस्था गम्भिर

इउज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १८ । शुक्रवार ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा ४ घाइते मध्ये २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ बर्षका बसन्त लिम्बू र १५ बर्षका समिर लिम्बू रहेका छन् । घाइते अन्य २ जनाको गम्भिर अवस्थामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । सिरिजंगा गाउँपालिका वडा नं ३ वरक्पाबाट बोखिमतर्फ जाँदै गरेको मे १ त ६८९३ नम्बरको ट्याक्टर सडकबाट करिव २ सय मिटर तल झरेर दुर्घटनामा परेको थियो । मृतकमध्ये बसन्तको धरानमा र समिरको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा मृत्यु भएको हो ।