ताप्लेजुङमा ८६ हजार बढी मतदाता,मतदाता नामावली संकलनका लागि बिशेष अभियान पनि सञ्चालन हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १६ । ताप्लेजुङमा २०७८ साल कात्तिक मसान्त सम्ममा ८६ हजार ९३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईका अनुसार यो अवधिमा ४५ हजार ६ सय ४७ जना पुरुष र ४० हजार ४ सय ४६ जना महिला मतदाता रहेका छन् । तेस्रो लिङ्गी मतदाताको संख्या शुन्य रहेको निर्वाचन कार्यालयले जनाएको छ । ९ स्थानीय तहमा सबैभन्दा बढी मतदाता फुङ्लिङ नगरपालिकामा रहेका छन् । फुङलिङमा १६ हजार ९ सय ४१ जना मतदाता रहेका छन् । त्यसपछि सिरिजंगा गाउँपालिकामा ११ हजार २ सय ७५,आठराइ त्रिबेणीमा ९ हजार ३ सय ५७,पाथीभरा याङ्वरक गाउँपालिकामा ९ हजार १ सय २२,फक्ताङ्लुङ गाउँपालिकामा ८ हजार ६ सय ७९ र सिदिङ्वा गाउँपालिकामा ८ हजार ५ सय ७९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै मेरिङ्देन गाउँपालिकामा ८ हजार ३ सय २७,मैवाखोला गाउँपालिकामा ७ हजार २ सय ७९ र मिक्वाखोला गाउँपालिकामा ६ हजार ४ सय ६४ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७० हजार ७ सय ७९ मतदाता रहेका थिए । उतिबेला फुङ्लिङमा १३ हजार १ सय ८५,सिरिजंगामा ९ हजार ७ सय २७,आठराइ त्रिबेणीमा ७ हजार ८ सय ९५,पाथीभरा याङ्वरकमा ७ हजार ८ सय ८४,सिदिङ्वामा ७ हजार ३ सय ८८ र फक्ताङ्लुङमा ६ हजार ८ सय ९५ मतदाता थिए । यस्तै मेरिङ्देनमा ६ हजार ७ सय ५१,मैवाखोलामा ६ हजार ९० र मिक्वाखोलामा ४ हजार ९ सय ६४ मतदाता रहेकोमा २०७८ सालको कात्तिक मसान्त सम्ममै यो संख्या निकै बढेको छ । विगतमा नाम दर्ता हुन छुट भएका तथा हाल मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका मतदाताहरुका लागि जिल्ला निर्वाचन कार्यालयले ८ वटा गाउँपालिकाका केन्द्रमार्फत मंसिर १७ गते देखि दुइ चरणमा मतदाता नामावली समेत संकलन गर्दै छ । पहिलो चरणमा मंसिर १७ गते देखि २६ गते मैवाखोला गाउँपालिकाको केन्द्र साँघुपाटी,मिक्वाखोला गाउँपालिकाको केन्द्र(थलङ),साँवा,फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र तापेथोक र सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु भञ्ज्याङमा मतदाता नामावली दर्ता कार्य हुने छ । यस्तै दोस्रो चरणमा मंसिर २९ गते देखि पुस ९ गते सम्म पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बु,सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोक,आठराइ त्रिबेणी गाउँपालिकाको केन्द्र हाङ्पाङ र मेरिङ्देन गाउँपालिकाको केन्द्र(सुलुम्फी)सान्थाक्रामा मतदाता नामावली संकलन कार्य हुने भएको छ । मतदातालाइ निर्वाचन व्यवस्थापनको आधारभूत संरचना मानिन्छ । स्वतन्त्र र निश्पक्ष निर्वाचनका लागि एक व्यक्ति एक भोटको अवाधारणा पालना गर्न,योग्य मतदाताले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न,प्रतिनिधि चुन्न र चुनिन,मतदाताको पहिचान सहज र भरपर्दो बनाउन,निर्वाचन प्रकृयालाइ बैधानिकता दिन र निर्वाचन व्यवस्थापनको योजना र यसको कार्यान्वयन गर्न मतदाता नामावलीको आवश्यता पर्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts