| |

खेलकुद महासंघ ताप्लेजुङ संयोजकमा थापा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर १५ ।
अखिल नेपाल खेलकुद महासंघ ताप्लेजुङको संयोजकमा ऐश्वर्यराज थापा चयन हुनुभएको छ । महासंघको प्रथम भेलाले थापाको संयोजकत्वमा २९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको हो ।
समितिको सहसंयोजकमा शिव तोलाङ्गी (एसपी) चयन हुनुभएको छ । अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य दावाछिरिङ शेर्पा विषालुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको हो । भेलाले मङ्सिर मसान्त सम्ममा पालिकास्तरको सम्मेलन सम्पन्न गर्ने र आगामी पुस २४ गते जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको पनि महासंघले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts