एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

अरुलाई पनि शेयर गरौ !

चितवन,मसिर १४ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनु भएको छ । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिनुभयो । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आउनु भएको छ । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बन्नु भएको थियो । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गर्नु भएको थियो।

अरुलाई पनि शेयर गरौ !

Similar Posts