| |

ब्लड क्यान्सर’बाट पीडित खवासको उपचारका लागि लिटलबुद्धद्धारा १० हजार सहयोग

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर १४ ।‘ब्लड क्यान्सर’बाट पीडित भइ काठमाण्डौका उपचाररत ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ५ की गोमा खवासको उपचार सहयोगका लागि लिटलबुद्ध बोर्डिङ स्कुलका बिद्यार्थी र स्कुलले १० हजार बढी रकम सहयोग गरेका छन् । बिद्यालयका बिद्यार्थीले खाजा खान ल्याएको रकममध्ये आधा बचाएर बिद्यार्थीबाट संकलित ८ हजार २५ रुपंैंया र बिद्यालयकातर्फबाट थप २ हजार गरी १० हजार २५ रुपैंयाका बिरामी खवासका आफन्तलाइ मंगलवार बितरण गरिएको छ बिद्यालयका प्रिन्सिपल युवराज गिरीले जानकारी दिनुभयो । पारिवारिक अवस्था कमजोर भएकी खवासको ज्यान बचाउन अहिले गोमा खवास बचाउ अभियान पनि चलिरहेको छ । सहयोग गर्न चाहनेले एनआइसी एशियामा रहेको सुदिप खवासको खाता नम्बर ००३५७५१५५९३७१००१ मा रकम जम्मा गर्न वा ई–सेवाका लागि ९८२४९४९८८९ मा सम्पर्क गर्न सकिने समेत गोमा खवास बचाउ अभियानले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts