एमाले ताप्लेजुङका नेताहरु चितवन पुग्दै,उम्मेदवारी घोषणा गर्दै,अधिकाँसको उम्मेदवारी केन्द्रीय सदस्यमा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ११ । नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिबेशनमा प्रतिनिधि बनेर चितवन पुुगेका ताप्लेजुङका एमाले नेताहरुले धमाधम केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थाल्नु भएको छ । अहिले सम्म २ केन्द्रीय सदस्य सहित ७ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरिसक्नु भएको छ भने केन्द्रीय सदस्य पासाङ शेर्पाले मात्र अहिले सम्म मुख खाल्नु भएको छैन । यद्यपी उहाँ पनि केन्द्रीय सदस्य हुँदै त्यो भन्दा माथिल्लो तहमा फड्को मार्ने योजनामा रहेको बताइन्छ । एमाले केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो र टंक आङ्बुहाङले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाँरुको दाउ पनि शेर्पाको झैं केन्द्रीय सदस्य हुँदै माथिल्लो तहमा पुग्ने नै छ । बिधानतःकेन्द्रीय सदस्य स्वतःमहाधिबेशन प्रतिनिधि हुनेछन् । अधिबेशन प्रतिनिधि चयन भएर चितवन पुगेका मध्ये बलबहादुर साम्सोहाङ,डम्बरध्वोज तुम्बाहाम्फे,ओङ्दी शेर्पा,होमकुमारी साँवा र उर्मिला थेबेले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाँहरुमध्ये साँवा केन्द्रीय कमिटीबाट मनोनित महाधिबेशन प्रतिनिधि हुनुहुन्छ भने अरु सबै ताप्लेजुङबाट निर्वाचित भएर प्रतिनिधि चयन हुनु भएको हो । जनवर्गिय संगठनबाट प्रतिनिधि हुनु भएका शिवकुमार गुरुङले पनि उम्मेदवारी घोषणा गर्नु भएको छ भने केन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्नु भएको छ । उता ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले सचिवमा,एमाले प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले उपाध्यक्ष र एमाले ताप्लेजुङका तत्कालिन इञ्चार्ज तथा केन्द्रीय सदस्य भाष्कर काफ्लेले केन्द्रीय सदस्य उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।

Similar Posts