| |

पालिका टप गर्ने बिद्यार्थीलाइ सिरिजंगाले दियो ब्राण्डेड ल्यापटप र नगद

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ७ । पढाइमा अब्बल हुने बिद्यार्थीलाइ ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले ब्राण्डेड ल्यापटप र नगद दिएको छ । माध्यमिक शिक्षा परीक्षा(एसईई)मा पालिकाभरी उत्कृष्ट हुने एक छात्र र एक छात्राले १–१ थान ब्राण्डेड ल्यापटप पाएका छन् भने कक्षा ८ को परीक्षामा उत्कृष्ट हुनेले नगद पुरस्कार पाएका छन् । सिरिजंगा गाउँपालिकाका शिक्षा अधिकृत बुद्धिप्रसाद खतिवडाका अनुसार २०७६ र २०७७ सालको एसईई परीक्षामा उत्कृष्ट हुने २ छात्र र २ छात्रालाइ गाउँपालिकाले ४ थान ब्राण्डेड ल्यापटप सहित पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा २०७७ सालको एसईई परीक्षामा उत्कृष्ट हुने सिनाम माविका रोशन थेबे र आम्बेगुदिन माविका अनिता पौडेल रहेका छन् । यस्तै २०७६ सालको एसईई परीक्षामा उत्कृष्ट हुने सिनाम माविका बिद्यार्थीद्धय अमर बोखिम र निशान थेबे रहेका छन् । २०७७ सालको कक्षा ८ को परीक्षामा उत्कृष्ट हुने सिनाम माविका डुनिका गौतम र आम्बेगुदिन माविका बबिन बिष्ट नगद जनही २०–२० हजार रुपैं सहित पुरस्कृत भएका छन् । गाउँपालिकाले प्रत्येक बर्ष एसईई परीक्षामा पालिका टप गर्ने १ छात्र र १ छात्रालाइ ब्राण्डेड ल्यापटप र कक्षा ८ को परीक्षामा पालिका टप गर्ने १ छात्र र १ छात्रालाइ नगद २०–२० हजार रुपैंयमा सहित पुरस्कृत गर्नेगरी कार्यविधि ल्याएको छ । कक्षा ८ को परीक्षामा उत्कृष्ट हुनेलाइ सम्मान र पढाइ प्रेरित गर्ने उद्देश्यले नगद पुरस्कार दिने गाउँपालिकाले जनाएको छ । उच्च शिक्षा अध्ययन गर्न प्राविधिक ज्ञान समेत बिस्तार होस् र सूचना र प्रविधिका माध्यमबाट पढाइमा जागरुकता जागोस् भनेर एसईई परीक्षामा उत्कृष्ट हुनेलाइ ब्राण्डेड ल्यापटप दिने गाउँपालिकाको निर्णय रहेको शिक्षा अधिकृत खतिवडाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts